• २०८१ बैशाख १८ मंगलबार

उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी

kharibot

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिएका छन् । 

उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था बारे जानकारी लिएका हुन्  ।

यसका साथै, उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरे ।

‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’– उपप्रधानमन्त्री पोखरेलले भने । 

थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय