जर्मनीमाथि नेदरल्याण्ड्सको सहज जित 

खरीबोट

काठमाडौँ।  यूईएफए नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्याण्डन्सले जर्मनीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । 

नेदरल्याण्डन्सलाई जित दिलाउने क्रममा भिर्गिल भान जिक, मेम्फिस डिपे र जर्जियानो विज्नाल्डमले एक एक गोल गरेका थिए। 

नेदरल्याण्ड्सका लागि ३०औं मिनेटमा लिभरपुलका स्ट्राइकर भिर्गिल भान जिकले गोल गरी सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अगाडी रहेको नेदरल्याण्ड्सले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । 

खेलको ८६औ मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई २-० को अग्रता दिलाएका थिए भने खेलको इन्जुरी समयमा जर्जियानो विज्नाल्डमले गोल गर्दै नेदरल्याण्ड्सलाई ३-० को सहज जित दिलाएका थिए। पहिलो खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेको जर्मनी यो समूहमा अझै कुनै गोल गर्न असफल हुदै समुहको अन्तिममा रहेको छ । 

नेदरल्याण्ड्ससँग कुनै पनि प्रतियोगितामा जर्मनी ३ भन्दा बढी गोल खाएर पराजित भएको यो पहिलो पटक हो। जोचिम लो को प्रशिक्षणमा रहेको जर्मनीले पछिल्लो १३ खेलमा तीन खेलमा मात्र जित हासिल गर्न सकेको छ । 

सम्बन्धित समाचार

ब्राजिलको जितमा रिचार्लिशनको गोल, नेइमार घाइते 

काठमाडौँ। मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई पराजित गरेको छ। बुधबार भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई १-० गोल अन्तरले पराजित गरेको हो।  ब्राजिलको जितमा प्रिमियर लिग क्लब एभर्टनबाट खेल्ने रिचार्लिशनले गोल गरेका थिए।

मेक्सिकोविरुद्ध अर्जेन्टिनाको लगातार दोस्रो जित, डिबाला र आइकार्डीले गरे पहिलो अन्तर्राष्ट्रिय गोल 

काठमाडौँ। मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ। बुधबार बिहान भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको छ।  अर्जेन्टिनाको जितमा पाउलो डिबाला र माउरो आइकार्डीले एक एक गोल

मैत्रीपूर्ण खेलमा उरुग्वेमाथि फ्रान्सको जित 

काठमाडौँ। मैत्रीपूर्ण खेलमा विश्वकप विजेता फ्रान्सले उरुग्वेलाई पराजित गरेको छ। गएराती भएको खेलमा फ्रान्सले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो।  फ्रान्सको जतिमा ओलिभर गिराउडले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सलाई जिताएका

मेसी बिना मेक्सिकोमाथि अर्जेन्टिनाको सहज जित  

काठमाडौँ। अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ। शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको छ।  अर्जेन्टिनाको जितमा रामिरो मोरीले एक गोल गरेका थिए भने एक गोल


z