• २०८१ बैशाख १६ आइतबार

दोश्रो मैत्रीपूर्ण खेलमा म्यान्मारसँग नेपाल पराजित 

kharibot

काठमाडौँ । मैत्रीपूर्ण फुटबल अन्तर्गत दोश्रो खेलमा म्यान्मारसँग नेपाल पराजित भएको छ । सोमबार सम्पन्न खेलमा नेपाल म्यान्मारसँग १-० गोल अन्तरले पराजित भएको हो ।

म्यान्मारको याङ्गुनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा म्यान्मारका लागि खेलको ८६ औ मिनेटमा विन लिन्गले गोेल गरेका हुन् ।

म्यान्मारले गरेको गोल भने विवादित बनेको थियो । बल म्यानमारको पेनाल्टी बक्समा रहँदा लाइन्समेनले नेपाली खेलाडी अफसाइड रहेको संकेत गर्दै झन्डा उठाए पनि रेफ्रीले सो संकेत नदेख्दा म्यानमारका रक्षकले क्लियर गरेको बल काउन्टरमा म्यानमारले गोल गरेको थियो । नेपाली टिमका कप्तान किरणसहितका खेलाडीले सो गोलको विरोध गरेपनि रेफ्रीले गोललाई मान्यता दिएका थिए । 

नेपालले गोल गर्ने अवसर पाएपनि गोलमा परिणत गर्न नसक्दा हार व्यहोरेको हो ।

दुई मैत्रीपूर्ण खेल अन्तर्गत यसअघि शुक्रबार सम्पन्न भएको खेलमा नेपाल र म्यान्मारबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै