• २०८१ बैशाख १६ आइतबार

दशैं विदा सुरु हुनुअघिको सेयरबजार : सूचक घट्यो, कारोबार रकम बढ्यो

kharibot

काठमाडौं । आज सोमबार नेप्सेमा झिनो अंकले गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

दशैं विदा सुरु हुनुअघि अर्थात आज सोमबार नेप्से शून्य दशमलव ७९ अंकले घटेर १२ सय ४१ दशमलव ६४ विन्दुमा झर्दा सेन्सिटिभ शून्य दशमलव ४५ अंकले घटेर दुई सय ६४ दशमलव १० विन्दुमा झरेको छ । एक सय ५२ कम्पनीहरुको चार हजार चार सय आठ वटा कारोबारमा १४ लाख ६४ हजार आठ सय ९४ कित्ता सेयर खरिद बिक्री भएकाछन ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३३ करोड ५८ लाख ६५ हजार पाँच सय २३ रुपैयाँको सेयर किनबेच भएको छ ।  

नेप्सेमा आज १० वटा समूहको कारोबार हुंदा पाँच वटा समूहले कमाए पनि पाँच वटा समूहले गुमाएकाछन । गुमाउने समूहमा परेको वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ६४ अंंकले घटेर ११ सय दशमलव ३२ विन्दुमा झर्दा २१ करोड २४ लाख आठ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । विकास बैंक समूहको सूचक पनि पाँच दशमलव ३२ अंकले घटेर १४ सय ८६ दशमलव ३८ विन्दुमा झर्दा एक करोड २९ लाख ६६ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलविद्युत् समूहको सूचक पनि पाँच दशमलव ९७ अंकले घटेर १३ सय ५७ दशमलव ३९ विन्दुमा झर्दा एक करोड ३९ लाख २८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी लघुबित्त र अन्य समूहको कारोबार सूचक घटेका छन ।

कमाउने समूहमा परेको निर्जिवन बीमा समूहको सूचक भने १२ दशमलव ३५ अंकले बढेर पाँच हजार सात सय ८५ दशमलव ६५ विन्दुमा चढ्दा एक करोड ७७ लाख ६९ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जीवन बीमा, होटल, फाईनान्स र उत्पादनमुलक समूहको कारोबार सूचकमा पनि सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको एनआईबिएल समृद्धि फण्ड—१ को प्रतियुनिट सेयर मुल्य सात रुपैयाँ २६ पैसाले बढेर १० रुपैयाँ १९ पैसामा कारोबार भएको छ भने गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको नेशनल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ६५ पैसाले घटेर ७९ रुपैयाँमा कारोेवार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको प्रभु बैंकको प्रतिकित्ता दुई सय ४१ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ५४ लाख २६ हजार आठ सय २४ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय