• २०८१ बैशाख १७ सोमबार

गणेश लामा थुनामुक्त

kharibot

काठमाडौं।  गुण्डा नाइके गणेश लामा थुनामुक्त भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा थुनामा रहेका कांग्रेस निकट गुण्डा नाइके लामा सोमबार राति रिहा भएका हुन् ।

लामा गत फागुन ३० गते गौशालाको होटल पशुपतिबाट पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए । होटलमा गोली चलेपछि पुगेको प्रहरी टोलीले लामालाई पेस्तोलसहित पक्राउ गरेको थियो । 

चैत २६ गते हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुसार डिल्लीबजार कारागारमा पठाइएका लामाको मुदामा उनलाई ७ महिना कैद र ७० हजार जरिवाना तोकिइको थियो । उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको थुनछेक आदेश बमोजित कारागार चलान भएका थिए । 

उनको अन्य मुद्दा नभएकाले थुनामुक्त गरिएको डिल्लीबजार कारागारले जनाएको छ । 

कारागारमा सँगै रहेका अर्का गुण्डा नाइके दीपक मनाङेले लामालाई बिदा गरेका थिए । कारागारबाट बाहिर भने लामालाई उनका समर्थक र कांग्रेस कार्यकर्ताले स्वागत गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै