• २०८१ बैशाख १४ शुक्रबार

भारतीय एजेन्सी ‘रअ’ले आफ्नो हत्या गर्न खाेजेकाे श्रीलंकाली राष्ट्रपतिको दाबी

kharibot

काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरीसेनाले अाफ्नाे हत्या गर्ने षड्यन्त्र भइरहेकाे दाबी गरेका छन् । उनले भारतीय खुफिया एजेन्सी ‘रअ’का गुप्तचरहरुबाट आफ्नो हत्याकाे षड्यन्त्र भइरहेकाे खुलासा गरेका हुन् ।

राष्ट्रपति सिरीसेनाले मंगलबार बसेकाे अाफ्नाे क्याबिनेट बैठकमा साे षड्यन्त्र भइरहेकाे दाबी गरेकाे समाचार भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन् । ‘द हिन्दू’ले भारतीय सहयाेगमा नै चुनाव जितेर राष्ट्रपति भएका सिरीसेनाले अाफ्नाे क्याबिनेट सामु उक्त दाबी गरेकाे जनाउँदै यस अभिव्यक्तिले भारतसँगकाे सम्बन्ध चिसिनसक्ने समाचार लेखेकाे छ ।

सिरीसेनालार्इ श्रीलंकाली राजनीतिमा ‘भारतपरस्त’काे अाराेप लाग्दै अाएकाे छ ।  रअकै सहयोगमा चुनाव जितेको आरोप उनीमाथि लाग्दै अाएकाे थियाे ।  तर उनलार्इ भारतीय खुफिया एजेन्सीले हत्या गर्न खाेजेकाे भन्ने उनकाे अभिव्यक्तिले श्रीलंकामा मात्र नभर्इ भारतमा समेत अनेक अाशंका पैदा गरेेकाे छ ।

सिरीसेनाले क्याबिनेट बैठकमा ‘रअले अाफूलार्इ मार्न खाेजिरहेकाे र साे जानकारीबारे भारतकै प्रधानमन्त्री नरेन्द्र मोदी सायद जानकार छैनन्’ भन्ने अाशयकाे अभिव्यक्ति दिएकाे द हिन्दूले लेखेकाे छ । उनकाे याे अभिव्यक्ति श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको भारत भ्रमणको पूर्वसन्ध्यामा अाएकाे छ । रनिल केही दिनपछि भारत भ्रमणमा अाउने र प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम छ । यस हिसावले पनि सिरीसेनाकाे दाबीबारे चासाे र अाशंका व्यक्त भइरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै