काठमाडौँ। इङलिश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले दुई दुई गोलको बराबरी खेलेका छन् । दुवै टीमले एक एक पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भए ।
चेल्सीका लागि रुडिगेरले २१औँ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । म्यान्चेस्टर युनाइटेडका मार्सियलले ५५ औ मिनेटमा बराबरी गोल फर्काए । मार्सियलकै गोलमा ७३ औ मिनेटमा म्यान यू ले अग्रता लिए पनि खेलको अन्तिम समयमा चेल्सीका बार्क लीले गोल गर्दैै अंक खोसेका थिए ।
यो नतिजा सँगै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा छ भने म्यान्चेस्टर युनाइटेड आठौं स्थानमा छ ।