काठमाडौं। अघिल्लो दिन सुधार देखिएको सेयर बजार आज सोमबार भने घटेको छ । नेप्से सुचक आज एक दसमलव ९८ अंकले घटेर १२ सय ५४ दसमलव ४१ बिन्दुुमा झर्दा सेन्सिटिभ शुन्य दसमलव २८ अंकले घटेर दुुई सय ६५ बिन्दुुमा झरेको छ ।
नेप्सेमा आज कुुल एक सय ४१ कम्पनीहरुको तीन हजार चार सय ९९ वटा कारोवारमा सात लाख ३० हजार तीन सय ९९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १६ करोड ९८ लाख ७८ हजार नौ सय ९० रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज ११ वटै समुहको कारोवार भएकोमा आठ वटा समुहको सुचकमा गिरावट देखिए पनि तीन वटा समुहको सुचकमा सुधार देखिएको छ । बाँणिज्य बैंक समुहको सुचक एक दसमलव छ अंकले घटेर ११ सय पाँच दसमलव ३४ बिन्दुमा झर्दा ११ करोड १७ लाख २५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक पनि चार दसमलव ६६ अंकले घटेर १३ सय ४९ दसमलव १४ बिन्दुुमा झर्दा ७२ लाख ४६ हजार एक सय रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
यि बाहेक टे«डिङ, निर्जिवन बीमा, उत्पादनमुुलक, अन्य, लघुबित्त र जीवन बीमा समुहको सुचक पनि क्रमश एक दसमलव ६९, २९ दसमलव दुुई, ६२ दसमलव छ, शुन्य दसमलव सात र शुन्य दसमलव ५५ अंकले घटेकाछन । कमाउने समुहको सुचीमा परेको बिकास बैंक समुहको सुचक भने सात दसमलव १४ अंकले बढेर १४ सय ९७ दसमलव ४८ बिन्दुुमा चढ्दा ८१ लाख ९३ हजार छ सय ६० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
यसैगरी होटल र फाईनान्स समुहको सुचक पनि क्रमश २१ दसमलव ९४ र शुन्य दसमलव ३२ अंकले बढेकाछन । कमाउने कम्पनीको सुचीमा आज पहिलो स्थानमा परेको नेपाल सेवा लघुुबित्त बित्तीय संस्थाको सेयर मुल्य तीन रुपैयाँ ९५ पैसाले बढेर छ सय ३२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको सेयर मुल्य चार रुपैयाँ ५० पैसाले घटेर १४ सय ४२ रुपैयाँमा कारोवार भएको छ ।
रकम कारोवारका आधारमा भने अग्रस्थानमा परेको प्रभुु बैंकको प्रतिकित्ता दुुई सय ५० रुपैयाँ अन्तिम मुल्यमा तीन करोड २५ लाख ८९ हजार दुुई सय ७६ रुपैयाँको सेयर कारोवार भएको छ ।