• २०८१ बैशाख १५ शनिबार

बाराको पचरौतामा गाउँले बिच हानाहान, दर्जन राउन्ड अश्रु ग्याँस प्रहार

kharibot

बारा। बाराको पचरौता नगरपालिकामा गाउँले बिच हानाहान भएको छ । झड्प नियन्त्रण गर्न प्रहरीले दर्जन राउन्ड भन्दा बढी अश्रु ग्याँस प्रहार गरेको छ । झडप पचरौता नगरपालिका संघर्ष समिति र चौतर्फी विकास संघर्ष समितिका समर्थकहरु बिच भएको हो ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय कलैया बाराबाट गएको प्रहरी टोलीले एक दर्जन भन्दा बढी राउन्ड अश्रु ग्याँस प्रहार गरेको थियो । करिब एक महिना देखि दुबै समिति बिच २५ शैयाको अस्पताल निर्माण बारे विवाद चल्दै आएको छ । आँपूmले प्रस्ताव गरेको ठाउँमा अस्पताल बन्नु पर्ने दुबै समितिको अडानका कारण गाउँलेहरु बिच झड्प भएको हो ।

सोही क्रममा चौतर्फी विकास संघर्ष समितिका संयोजक अवधभुषण प्रसाद यादवको नेतृत्वमा नगरपालिकाको कार्यालय बेनौलीमा ज्ञापन–पत्र बुझाउँने कार्यक्रम थियो । नगरको अन्य विकास निर्माणसँग सम्बन्धित ज्ञापन–पत्र बुझाउँन खोज्दा पचरौता नगरपालिका संघर्ष समितिका समर्थकहरुले बाटो छेकी अवरोध गर्न खोजे पछि झड्प सृजना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

यस सम्बन्धमा पचरौता नगरपालिकाका मेयर रमेश कुमार यादवले नगरपालिकामा कुँनै किसिमको विवाद नभएको बताएका छन् । निर्वाचनमा पराजित भएकाहरुले विभिन्न चाल चलिरहेको र नगरको विकास–निर्माणको गति अवरुद्ध पार्ने दुष्प्रयास गरिरहेको आरोप लगाए । 

२५ शैयाको अस्पताल प्रदेशको बजेटबाट बन्ने र यो नगरका सबैको लागि सम्मान र लाभको योजना रहेको मेयर यादवले बताए । स्थान सम्बन्धी विवाद बारे उनले आफ्नों लागि सबै वडा बराबर भएको भन्दै एक पक्षले भनेको स्थान बेलदारीमा अस्पताल बन्यो भने अर्काे पक्षले भनेको बेनौलीमा पनि ५० शैयाको अर्काे अस्पताल बन्ने योजना रहेको बताए ।

बेनौली लगायत उत्तरी भेगका बासिन्दाले अस्पताल बेनौलीमा बन्नु पर्ने अडन राखेका छन् , भने मेयरको गृहग्राम बेलदारीका बासिन्दा र पूर्व र दक्षिण भेगका बासिन्दाले अस्पताल बेलदारीमा बन्नु पर्ने माँग राख्दै आएका छन् ।

झडपका बिच चौतर्फी विकास समितिका समर्थकहरुले प्रहरीको स्कर्टिङ्गमा आफ्नों ज्ञापन–पत्र बेनौली स्थित नगरपालिकाको कार्यालयमा पुगेर मेयरलाई बुझाएका छन् ।

यसरी झड्प हुँदा गाउँले मध्येका करिब आधा दर्जन घाईते भएका छन् । घाईतेहरुको स्थानीय स्वास्थ्य चौकी र कलैया अस्पतालमा उपचार गराईएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै