काठमाडौँ। म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा लगातर जित हासिल गरेको छ। गएराती भएको खेलमा युक्रेनी क्लब शख्तर डोनेट्स्कलाई ३-० गोल अन्तरले पराजित गर्दै सिटीले समुह एफमा लगातार तिन जित हासिल गरेको छ।
सिटीको जितमा डेभिड सिल्भा, एइमोरिक लपोर्टे र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए। सिटीका डेभिड सिल्भाले आफ्नो क्यारियरमा पहिलो पटक च्याम्पियन्स लिगमा लगातर तिनै खेलमा गोल गरेका छन्।
यो जितसँगै शख्तरविरुद्ध युरोपियन प्रतियोगितामा उसको घरेलु मैदानमा जित हासिल गर्ने सिटी पहिलो प्रिमियर लिग क्लब बनेको छ। यसअघि खेलेका सात खेलमा शख्तरले ५ जित र २ बराबरी खेलेको थियो।
सिटीले अब प्रिमियर लिगमा आगामी सोमबार टोटनह्यामको सामना गर्दै छ।