• २०८१ बैशाख २० बिहीबार

जीवन भेट्टाउने मिसनबारे नासाको खुलासा : छिट्टै भेटिनसक्छ अर्को पृथ्वी ! 

kharibot

नासाले जीवनमैत्री आशंकाका थुप्रै ग्रहहरु मिल्की वेमा हुनसक्ने बताउँदै आएको छ । तस्बिरमा देखाइएको कलाकारको कन्सेप्ट हो, जहाँ हाम्रै तारामण्डलमा चट्टानी र बस्नलायक ग्रहहरु रहेका हुनसक्ने संकेत गरिएको छ । तस्बिर : डेली मेल

पृथ्वीजस्तै अर्को जीवनमैत्री ग्रह भेट्टाउने मिसनमा लागेको अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले आफ्नो अनुसन्धानको पछिल्लो उपलब्धिबारे खुलासा गरेको छ । उसले आफ्नो मिसन सफलताको नजिक पुग्नलागेको बताएको हो । 

नासाका अनुसार निरन्तरको अनुसन्धानका क्रममा जीवनका संकेतहरुयुक्त ग्रहहरुबारे सूक्ष्म अध्ययन भइरहेको र छिट्टै पृथ्वीजस्तै अर्को जीवनमैत्री ग्रह भेटिनेछ । त्यसो त नासाले मिल्की वेमा ठूलो क्षेत्र ओगटेका ग्रहहरु यसअघि नै पहिचान गरिसकेको छ । त्यस्ता ग्रहहरुमा कुनै ताता, कुनै ग्यास नै ग्यासले भरिएका, कुनै साना र कुनै चट्टानी तथा कुनै रहस्यमय पृथ्वीभन्दा ठूला र कुनै नवग्रहमध्येको एक वरुणभन्दा पनि साना ग्रहहरु रहेका छन् । 

जीवन भेटिनसक्ने अनुमान गरिएका हजारौँ ग्रहहरुको सूची तयार पारिसकेको नासाले अब हाम्रो पृथ्वीजस्तै जीवनमैत्री ग्रहहरुबारे प्रमाणहरुको पनि खोजी थालेको छ । यसका लागि नासाले पुनः शून्यबाटै अनुसन्धान अगाडि बढाउने बताएको छ । पछिल्लो समय अर्को पुस्ताका नवीनतम प्रविधिले युक्त टेलिस्कोपहरुको विकास र आविष्कारप्रति आशावादी रहँदै नासाले अर्को पृथ्वीको खोजीलाई सशक्त पार्ने तयारी गरेको हो । 

नासाले अर्को पुस्ताका नवीनतम प्रविधिबाट निर्मित टेलिस्कोपहरुको धेरैभन्दा धेरै प्रयोग गरी त्यस्ता ग्रहहरुको खोजी गर्नेछ, जहाँ बस्नलायक स्थान र जीवनमैत्री वातावरण रहेको छ । त्यस्तै अहिलेसम्मको यसबारेको अनुसन्धान र तथ्यहरुले सामान्य मानिसदेखि वैज्ञानिकहरुसम्मलाई कुतूहल र आश्चर्यचकित पारेको पनि नासाको भनाइ छ । 

नासाले पृथ्वीकै आकारका थुप्रै चट्टानी ग्रहहरुको खोजी गरे पनि तिनमा समुद्र र वायुमण्डलको अवस्थाबारे ठोस पहिचान गर्न भने अझै नसकेको बताइएको छ ।  

उक्त स्याटेलाइटले नवीनतम प्रविधिको सहयोगले ताराहरुको चम्किलोपना, दूरी र संरचनासमेतको अध्ययन गरी मिल्की वे ग्यालेक्सीको त्रिविधात्मक नक्सांकन गरेको नासाले जनाएको छ ।

आगामी दिनमा अन्तरिक्षमा रहने टेलिस्कोपहरुले ती कुराहरुको पनि सूक्ष्म अनुसन्धान र अध्ययन गर्न सफल हुने नासाको दाबी छ । खासगरी त्यस्ता ग्रहहरुको उत्पत्ति, विकास र आकारको अवस्था यसको मातृग्रह (ठूला ताराहरु)को प्रकृतिसँग सम्बन्धित हुने भएकाले पनि यसलाई निकै संवेदनशील मानिएको छ ।

त्यस्ता ग्रहहरु मातृताराभन्दा कति टाढा रहेका हुन्छन्, तिनीहरुको मातृताराहरुको आकार तथा तिनको आयु तथा बस्नलायक स्थानको अवस्था, तापक्रमको अवस्थाले तरल पानीमा पारेको प्रभाव आदि कुराहरु महत्वपूर्ण हुन्छन् ।  

नासाले युरोपेली अन्तरिक्ष अनुसन्धान संस्थाको सन् २०१३ मा प्रक्षेपण गरिएको गाइया स्याटेलाइटलाई पनि ऐतिहासिक र विशाल तारामापक (ताराहरुको नक्सांकन गर्ने स्याटेलाइट)का रुपमा टिप्पणी गरेको छ । उक्त स्याटेलाइटले नवीनतम प्रविधिको सहयोगले ताराहरुको चम्किलोपना, दूरी र संरचनासमेतको अध्ययन गरी मिल्की वे ग्यालेक्सीको त्रिविधात्मक नक्सांकन गरेको नासाले जनाएको छ ।

उक्त स्याटेलाइटले तयार पारेको नक्सामा करिब १.७ बिलियन अर्थात् १ अर्ब ७० करोड ताराहरुको स्थान र १ अर्ब ३० करोडको दूरी समेत समावेश गरेको बताइएको छ । तिनमध्ये, नासाका अनुसार वैज्ञानिकहरुले सोचेभन्दा कुनै विशालतम, कुनै निकै साना, कुनै अँध्यारा तथा कुनै एकदमै चहकिला रहेका छन् । 

गाइया स्पेस प्रोबबाट संकलित पछिल्ला तथ्यांकहरुले बस्नलायक क्षेत्रयुक्त ग्रहहरुबारे अवलोकन भएको विश्वास गरिएको छ । नासाको केप्लर टेलिस्कोपले पनि गाइयाले जस्तै अन्तरिक्षमै रहेर ह्याबिटेबल जोनहरुको अध्ययन र खोजी गरिरहेको छ । 

अहिलेसम्म वैज्ञानिकहरुले ३७ सयवटा ग्रह र एक्सोप्लानेट (हाम्रो सौर्य प्रणालीदेखि बाहिर रहेका ग्रहहरु) रहेको पत्ता लागेको छ । तिनमा २६ सयवटा केप्लर टेलिस्कोपले पाएको हो । केप्लरले आफ्नो मातृताराको परिभ्रमण गरिरहेका ग्रहहरुको खोजी गरिरहेको छ । 

केप्लरले पत्ता लगाएका तथ्यहरुको विश्लेषणले आकाशमा रहेका २० देखि ५० प्रतिशत ताराहरुमा साना, तिनमा पनि चट्टानी ग्रहहरु रहेको र ती ग्रहहरुमा बस्नका लागि उपयुक्त वातावरण रहेको विश्वास गरिएको छ । त्यस्तै केप्लर स्पेसक्राफ्टले २०१७ जुन १९ सम्म त्यस्ता सम्भावित जीवनमैत्री ३० वटा ग्रह पत्ता लगाएको नासाले बताएको छ ।
तर त्यस्ता ग्रहहरु २ देखि १२ वटासम्म मात्रै रहेका छन् । यद्यपि अझै निक्र्योल गर्न भने धेरै तथ्य, तथ्यांकहरु आवश्यक हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै