• २०८१ बैशाख १४ शुक्रबार

एल क्लासिकोमा बार्सिलोनाको अगाडी रियल म्याड्रिड निरिह, स्वरेजले हाने ह्याट्रिक  

kharibot

काठमाडौँ।  स्पेनिस ला लिगामा यस बर्षको पहिलो एल क्लासिकोमा बार्सिलोनाको अगाडी रियल म्याड्रिड निरिह देखिएको छ।  गएराती बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ गोल अन्तरले पराजित गरेको छ। 

बार्सिलोनाको जितमा लुइस स्वरेजले ह्याट्रिक गरेका थिए भने फिलिप कोटीन्हो र अर्टुरो भिडालले एक एक गोल गरेका थिए। रियलका लागि एक गोल मार्सेलोले फर्काएका थिए। 

सन् २०१४ मा मेसीको एल क्लासिको पछि स्वरेजले एल क्लासिकोमा ह्याट्रिक गर्ने पहिलो खेलाडी भएका छन्। स्वरेजले पहिलो गोल खेलको ३०औ मिनेटमा पेनाल्टीबाट गरेका थिए भने दोस्रो र तेस्रो गोल खेलको ७५औ र ८३औ मिनेटमा गरेका थिए। लियोनेल मेसी बिना खेलेको बार्सिलोनाले आफ्नो खेलमा मेसीको कमी कुनै पनि बेला देखाएको थिएन। 

यो जितसंगै बार्सिलोना सन् १९७७ पछिको पहिलो पटक आफ्नो घरेलु मैदानमा पछिल्लो ४२ खेलमा अपराजित रहेका छन् जसमा ३४ मा जित र ८ खेलमा बराबरी हासिल गरेको छ। त्यस्तै रियल म्याड्रिडले सन् १९४२-४३ पछि ला लिगामा खराब सुरुवात गर्दै सुरुका १० मध्ये ५ खेलमा हार बेहोरेको छ।

रियलको यो हार सँगै रियलका हालका प्रशिक्षक जुलेन लोपेटेगुइलाई आज हटाउन सक्ने स्पेनिस मिडियाले उल्लेख गरेका छन्। विश्वकप सुरु हुनु अगाडी सरप्राइज रुपमा रियलको म्यानेजर बनेका लोपेटेगुइलाइ स्पेनले तत्काल राष्ट्रिय टिमको म्यानेजरबाट हटाएको थियो। लोपेटेगुइले रियलकाल आगि अहिलेसम्म १४ खेलमा केवल ६ खेलमा जित हासिल गरेका छन् भने ६ खेलमा हार र २ बराबरीको नतिजा निकालेका छन्। 

जितसँगै बार्सिलोना १० खेलमा २१ अंक हासिल गर्दै ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ भने रियल म्याड्रिड १० खेलमा केवल १४ अंक हासिल गर्दै लिगको नवौ स्थानमा रहेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै