• २०८१ बैशाख १८ मंगलबार

मोतीपुर खानेपानी उपभोक्तालाई कृषि विकास बैंकको कम्प्युटर

kharibot

काठमाडौं । कृषि विकास बैंक लि. फर्साटिकर उपशाखाले सोमबार मोतिपुर रुपन्देहीमा सामाजिक सामुदायिक कार्यक्रमअन्तर्गत एक उपभोक्ता संस्थालाई कम्प्युटर हस्तान्तरण गरेको छ । 

बैंकको फर्साटिकर उप¬शाखाबाट आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति लिला प्रकाश सिटौलाले उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन् । सिटौलाले कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै मोतिपुरमा लामो समयदेखि व्यवस्थित ढंगले खानेपानी वितरण गर्दै आएको र समाजमा सफल सस्थाको रुपमा पहिचान गर्न समेत सफल भएको उक्त मोतिपुर खानेपानी उपभोक्ता सरसफाई संस्थालाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । 

उनले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरे । उनले ५१ वर्षअगाडि कृषकहरुको आर्थिक समृद्धिका लागि स्थापित बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बताए । 
उक्त कार्यक्रममा कृषि विकास बैंक लि.का उपमहाप्रबन्क प्रताप सुवेदी, भैरहवाका क्षेत्रीय निर्देशक  मिनराज पोखरेल, बैंकका प्रवक्ता हिमलाल पौडेल, मुख्य कार्यालयका शा.अ. धर्मराज न्यौपाने कृषि विकास बैंक लि.फर्साटिकर शाखाका कार्यालय प्रबन्धक लगायत कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै