• २०८१ बैशाख २७ बिहीबार

सिटी एक्सप्रेसको लखपति एक्सप्रेस योजनाको विजेता घोषित

kharibot

काठमाडौं । सिटी एक्स्प्रेसका लखपति एक्स्प्रेस उपहार योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरिएको छ । 

घोषणाअनुसार कोरियाको जीमनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था)बाट पैसा पठाई पहिलो महिनाको १ लाख रुपैयाँको मासिक लक्की ड्र«मा परी बासु थापा क्षेत्री विजेता घोषित भएको संस्थाले जनाएको छ । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबीच कम्पनीेका प्रबन्धनिर्देशक चन्द्र टण्डनले वितरण गरेका हुन् । 

लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले रु १०,००० र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने सिटी एक्सप्रेसले जनाएको छ ।  उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२,००,००० जित्न सक्ने घोषणा भएको थियो ।

यो अफर असोज १ गतेदेखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ४३ जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले रु १०,००० जितिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्की ड्रमार्फत विजेता छनौट गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै