• २०८१ बैशाख १५ शनिबार

ऊर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना 

kharibot

काठमाडौं। ऊर्जामन्त्री वर्षमान पुन छातीमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना भएका छन् ।

शुक्रबार बेलुकी साढे ८ बजेतिर छातीमा सामान्य समस्या आएपछि मन्त्री पुनलाई थापाथलीमा रहेको नर्भिक अस्पताल पुर्‍याइएको हो । अहिले उनको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । 

मन्त्री पुनलाई बिहान ९ बजेसम्म डाक्टरको निगरानीमा राखिने र त्यसपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने तयारी छ । पुनलाई सामान्य जाँचको लागि मेडिसिटी लैजान लागिएको बताइएको छ। 

२०७२ सालमा जन्डिस बिग्रिएपछि पुनले लामो समय थाइल्यान्डमा बसेर उपचार गराएका मन्त्री पुन २०७३ फागुनमा पनि गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै