• २०८१ बैशाख १५ शनिबार

चीन र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

kharibot

चीन । चीन भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार चीनका समकक्षीसँग भेटवार्ता गरेका छन् ।

उनेहरुबीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मानिने चीनले पाकिस्तानलाई गर्ने लगानी र सहयोगमा केन्द्रीत रहेर छलफल भएको अधिकारीले बताएका छन् ।

चीन भ्रमणमा जानुअघि पाकिस्तानी प्रधानमन्त्री खानले साउदी अरबको भ्रमण गरेर ठूलो आर्थिक सहयोगको सम्झौता गरेका थिए थियो ।

पाकिस्तानका लागि चीन पनि पहिलेदेखि नै मुख्य सहयोगी राष्ट्र हो । पाकिस्तानमा चीनको ठूलो लगानी छ ।

दुई देशले चीन–पाकिस्तान आर्थिक करिडोर बनाउँदै छन् भने ‘बेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई)’लगायतका ठूला परियोजनामा पनि चीन र पाकिस्तानले सहकार्य गरेका छन् ।

बेइजिङ्मा भएको दुई शिर्ष नेताको भेटवार्ताका क्रममा दुई देशबीच उर्जा र यातायात सेवा विस्तार गर्ने बारेमा छलफल भएको थियो ।

भेटवार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ प्रधानमन्त्री लि खस्याङलाई पाकिस्तान भ्रमणको निमन्त्रणासमेत दिएका छन् ।

“चीनको लगानी आकर्षित गरेर नै हामीले देशको विकास गर्न सक्दछौँ, त्यो हाम्रो लागि राम्रो अवसर हुनेछ,” इमरानले भने ।

उनले थपे, “चीनको सहयोगले मात्रै हामी संमृद्धितर्फ जान सक्दछौँ भने हाम्रो जीवनस्तर र वृद्धिदर पनि बढाउन सक्दछौँ ।”

सो अवसरमा चिनियाँ प्रधानमन्त्री लिले पनि दुई देशको सम्वन्ध सकारात्मक रहेको बताउँदै सदाबहार साझेदार भएको टिप्पणी गरे । उनले पाकिस्तान सधै चीनको प्राथमिकतामा रहेको पनि स्मरण गरे ।

प्रधानमन्त्री खानले चिनियाँ राष्ट्रपति सि जिङपिङलाई भने गत शनिबार नै भेटेका छन् । मुलुकको आर्थिक अवस्था नाजिक भएका बेला देशको नेतृत्व सम्हालेका पूर्वविश्व क्रिकेट खेलाडी खानले चिनियाँ राष्ट्रपति सिसँग पनि आर्थिक सहयोगकै बारेमा कुराकानी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै