काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले रायो भालेकानोविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। गएराती भएको खेलमा बार्सिलोनाले भालेकानोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा लुइस स्वरेजले २ गोल गरे भने उसमान डेम्बेलेले एक गोल गरेका थिए। त्यस्तै भालेकानोका लागि जोसे एन्जल र अल्भारो ग्रसियाले एक एक गोल गरेका थिए। बार्सिलोनाका लागि खेलको ९०औ मिनेट स्वरेजले निर्णायक गोल गर्दै जित दिलाएका थिए। लियोनेल मेसीबिना खेलेको बार्सिलोनाले लगातार अर्को जित हासिल गरेको छ।
जितपछि ला लिगामा बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडभन्दा ४ अंकले अगाडी अहेको छ। बार्सिलोन को ११ खेलमा २४ अंक रहेको छ भने एथलेटिकोको ११ खेलमा २० अंक रहेको छ।
बार्सिलोना अब यसै साता हुने च्याम्पियन्स लिग अन्तर्गत इन्टरमिलानविरुद्धको खेलमा टिममा फर्किने बताइएको छ।