प्रदेश २ सरकारले ‘मदरसा बोर्ड गठन’ गर्ने

खरीबोट

फाइल तस्बिर

महोत्तरी / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदाय तराईका दलितभन्दा पछि परेकाले प्रदेश सरकारले ‘मदरसा बोर्ड गठन’ गर्न लागेको बताएका छन् । 

महोत्तरीको गौशालास्थित मदरसा गौसिया इमदादुल गुर्वाले आज यहाँ आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मदरसा बोर्डमा मुस्लिम समुदायका हरेक समस्या समेटिने बताए । 

उहाँले मदरसा शिक्षालाई रुपान्तरित गर्नुपर्ने आवश्यक रहेकाले अब मदरसामा पनि नेपाली, विज्ञान, गणित, अङ्ग्रेजीजस्ता विषयलाई समावेश गरी त्यहाँबाट वैज्ञानिक, इञ्जिनियर, डाक्टर बन्न सक्नेजस्ता शिक्षा दिनुपर्ने धारणा राखे । 

मुख्यमन्त्री राउतले समाज परिवर्तनका लागि निःसहाय, गरीब, विपन्न र दलित समुदायको शैक्षिकस्तरमा सुधार गर्नुपर्ने बताए । 

कार्यक्रममा सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्री सरोज कुमार कुशवाहा लगायतका नेता तथा कार्यकर्ता सहभागिता थियो । 

सम्बन्धित समाचार

प्रदेश २ सरकारले ‘मदरसा बोर्ड गठन’ गर्ने

महोत्तरी / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदाय तराईका दलितभन्दा पछि परेकाले प्रदेश सरकारले ‘मदरसा बोर्ड गठन’ गर्न लागेको बताएका छन् ।  महोत्तरीको गौशालास्थित मदरसा गौसिया इमदादुल गुर्वाले आज यहाँ

प्रदेश सरकारले पाउनुपर्ने अधिकार कुनै हालतमा नछाड्ने  

धनुषा। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले कसैसँग कुनै अधिकार नमाग्ने तर प्रदेश सरकारले पाउनुपर्ने अधिकार कुनै हालतमा नछोड्ने बताए । आइतबारदेखि जनकपुरमा शुरु भएको तीनदिने भूमि व्यवस्था,

प्रदेश २ को नामाङ्कन र राजधानी तोक्न आयोग गठन

धनुषा। प्रदेश नं २ को राजधानी र नामाङ्कनको विषयमा सुझाव सङ्कलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ ।  प्रदेश नं २ मन्त्रिपरिषद्को बैठकले नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा

डुबानको समस्या समाधान गर्न संघीय सरकारसँग आग्रह गरिने

पर्सा। प्रदेशन नं २ का मुख्यमन्त्री लालबाबु राउतले भलुवाही खोलाका कारण हुने डुबानको समस्या समाधान गर्न प्रदेश सकारले सङ्घीय सरकारलाई आग्रह गर्ने बताए ।  पर्साको जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिका


z