• २०८१ बैशाख १४ शुक्रबार

निर्मलाका बुबा-आमा हत्यारा सार्वजनिक गर्न माग गर्दै अनिश्चितकालिन धर्नामा 

kharibot

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आजदेखि उनका बुबा र आमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । 

छोरीको बलात्कारपछि हत्या भएको तीन महीनाभन्दा बढी समय बितिसक्दा पनि स्थानीय प्रशासनले हत्यारालाई कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी अनिश्चितकालीन धर्नामा बसेका हुन् । 

निर्मलाका अभिभावकले हत्यारा सार्वजनिक नगरेसम्म यहाँस्थित प्रशासन कार्यालय अगाडि २४सै घण्टा धर्नामा बस्ने चेतावनी दिएका छन् । मदनचोकदेखि शुरु भएको दबाब ¥यालीमा नागरिक सङ्घर्ष समितिका पदाधिकारी, नागरिक समाजका अगुवा, महिला अधिकारकर्मी र विद्यार्थी सहभागी थिए । कञ्चनपुर नागरिक समाजका अगुवा नरबहादुर साउदले निर्मलाका हत्यारा सार्वजनिक नगरिएसम्म धर्ना जारी रहने बताए । 

धर्नामा नागरिक सङ्घर्ष समितिका पदाधिकारीले हत्यारालाई कारवाहीको माग राख्दै नारा जुलुशसमेत गरेका छन् । निर्मलाकी आमा दुर्गा देवीले छोरीको हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा सार्वजनिक गर्न नसेको भन्दै दुखेसो पोखिन् । गत साउन १० गते साथीको घरबाट गृहकार्य गरेर घर जान हिँडेकी निर्मलाको साउन ११ गते बिहान नजिकैको उखुबारीमा हत्या गरी शव फालिएको अवस्थामा भेटिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै