• २०८१ बैशाख १६ आइतबार

फिल्म ‘दाल भात तरकारी’ मा स्वस्तिमाको ठाउमा आँचल 

kharibot

काठमाडौँ। मह संचारको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘दाल भात तरकारी’ मा अभिनेत्री आँचल शर्माको इन्ट्री भएको छ । सबैभन्दा अगाडि फिल्ममा अनुबन्धित भएकी अभिनेत्री स्वस्तिमा खड्काले समय अभावका कारण फिल्म गर्न नसक्ने भएपछि निर्माण टिमले दोस्रो पटक अभिनेत्री आँचल शर्मालाई साइन गरेको हो । 

अभिनेत्री स्वस्तिमाले विकासराज आचार्यले निर्देशन गर्न लागेको फिल्म 'हजार जुनी सम्म' को सुटिंग 'दाल भात तरकारी' को सुटिङसँग जुध्ने भएपछि  विकासराजको फिल्म रोजेको बताइएको छ । यसअघि 'शत्रु गते' खेलेर पछुताएको बयान दिएकी आँचललाई फेरी सोहि टिमले साइन गर्नुलाई सबैले आश्चर्यजनक रुपमा लिएका छन्। 'शत्रु गते' जस्तै ‘दाल भात तरकारी’ मा कलाकारको ठूलो भीड रहेको छ । 
 
किरण केसी प्रस्तुतकर्ता रहेको फिल्मलाई उनका छोरा सुदन केसीले गर्दैछन् । फिल्ममा आँचलसँगै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउतलगायतका कलाकारहरुको प्रमुख भूमिका रहनेछ । फिल्ममा दाल भात तरकारी खान एक व्यक्तिले जीवनमा गर्ने अनेकन संघर्षको कथा रहेको बताइएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै