• २०८१ बैशाख १६ आइतबार

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बर्खास्त 

kharibot

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट बर्खास्त गरिएको छ । 

नेकपाको सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेको बताइएको छ । सोडारीले पद अनुकूलको आचरण नगरेको र पटक–पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताएका छन् ।

सोडारीको ठाउँमा तत्कालीन एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित कृष्णराज सुवेदीलाई ल्याउने तयारी रहेको छ । पदअनुकूलको आचरण गरेको आरोपमा प्रदेश सरकारको मन्त्री पदबाट बर्खास्त हुने सोडारी दोस्रो व्यक्ति बनेका छन् ।

यसअघि मुख्यमन्त्रीसँग मुखमुखै लागेको र अमर्यादित व्यवहार गरेको भन्दै प्रदेश तीनका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पार्टीको केन्द्रीय नेतृत्वको छलफलमै मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री पदबाट बर्खास्त गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै