• २०८१ बैशाख १४ शुक्रबार

सेयरबजारमा साताभर ८२ करोड ५६ लाख रुपैयाँको किनबेच 

kharibot

काठमाडौं । सेयर बजारमा यो साता तीव्ररुपमा उतारचढाव देखिएको छ । नेप्सेको नियमित कारोवार कक्ष यो साता पाचै दिन खुल्ला रहेको भएृपनि सुरुवाती कारोवारको दिन ओरालो लागेको सेयर बजार साताको अन्तिम कारोवार दिन पनि ओरालो नै लागेको थियो ।

जसमध्ये साताको पहिलो, दोस्रो र पाँचौं दिन सेयर बजार ओरालो लागेको थियो भने तेस्रो र चौथो कारोवार सेयर बजार उकालो लागेको थियो ।  पहिलो दिन १७ दसमलव ३१ अंकले ओरालो लागेर १२ सय पाँच दसमलव २२ अंकमा झरेको नेप्से साताको अन्तिम कारोवार दिन पनि तीन दसमलव ६९ अंकले ओरालो लागेर १२ सय पाँच दशमलव २० अकमा रोकिएको थियो ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि साताको पहिलो कारोवार दिन चार दशमलव ११ अंकले ओरालो लागेर दुई सय ५५ दसमलव ९८ अंकमा रोकिएकोमा अन्तिम कारोवार दिन शून्य दसमलव ८१ अंकले ओरालो लागेर दुई सय ५६ दसमलव ३३  अंकमा रोकिएको थियो । 

यो साता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा झण्डै एक सय ५८ कम्पनीहरुको कारोवार भएका थिए । जसअनुसार १२ हजार नौ सय ८९ वटा कारोवारमा ३० लाख २७ हजार ९८ कित्ता सेयर खरिद बिक्री हुु्रदा कारोवार रकम ८२ करोड ५६ लाख ७४ हजार नौ सय ७९ रुपैयाँमा सिमित रहन पुुगेको छ ।  

कारोवार रकमका आधारमा यो साता प्रभु बैंक, एनआईसी एशिया बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, ग्लोवल आईएमई बैंक, जनता बैंक आदि कम्पनीहरु परेका छन् । कारोबार भएको सेयरको परिमाणको आधारमा भने यो साता प्रभुु बैंक, गुुर्खाज फाईनान्सको संस्थापक सेयर, जनता बैंक, मेगा  बैंक लगायतका कम्पनीहरु परेका छन् ।

यसैगरी बजार पुंजीकरणका आधारमा भने यो साता नेपाल दुरसञ्चार कम्पनी, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैंक लगायतका कम्पनीहरु परेकाछन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै