• २०८१ बैशाख १४ शुक्रबार

क्रान्तिकारी राता मान्छे

kharibot

म हावा भरिएको फुटबल हुँ जति भुइँमा थेचार्छौ तेति उफ्रन्छु !
म रणभुमिको त्यो रक्तबिज हुँ जति टाउको छिनाल्छौ तेति उम्रन्छु !
उठौँ जागौँ (कम्रेड हो )२ .....
अघि बढौँ (जित हाम्रै  हो )२.....
  
यो देशले रगत मागे म आफुलाई बलिदान गर्छु !
कि बिजय शिखर चुम्छु कि त सहिद भएर मर्छु !
उठौँ जागौँ (कम्रेड हो )२ ......
अघि बढौँ (जित हाम्रै  हो )२.....

हेर्दै जाम्ला दलाल सत्ता कतिन्जेल दलाली गर्छ !
अब छिट्टै हाम्रो घामले क्षितिजमा लाली भर्छ !
उठौँ जागौँ (कम्रेड हो )२ ......
अघि बढौँ (जित हाम्रै  हो )२......
  
बरु तिम्रो शासन ढलाउँछन् डराएर भाग्दैनन् कैले !
क्रान्तिकारी राता मान्छे क्रान्तिबाट थाग्दैनन् कैले !
उठौँ जागौँ (कम्रेड हो )२ ......
अघि बढौँ (जित हाम्रै  हो )२......
  
म हावा भरिएको फुटबल हुँ जति भुइँमा थेचार्छौ तेति उफ्रन्छु !
म रणभुमिको त्यो रक्तबिज हुँ जति टाउको छिनाल्छौ तेति उम्रन्छु !
उठौँ जागौँ (कम्रेड हो )२ ......
अघि बढौँ (जित हाम्रै  हो )२.....

बि.एन ढकाल
अरुण गाउँपालिका-५, भोजपुर ।
  

© बि.एन ढकाल
अरुण गाउँपालिका-५, भोजपुर ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै