• २०८१ बैशाख १५ शनिबार

दशौँ राष्ट्रिय बाल नाटक महोत्सवका लागि स्कृप्ट आव्हान

kharibot

फाइल तस्बीर

काठमाडौँ। शैली थिएटरले आगामी माघ महिनाको दोश्रो हप्ता देखि सुरु हुने गरि दशौँ राष्ट्रिय बाल नाटक महोत्सब २०७५ गर्ने भएको छ । 

शैली थिएटरले बालबालिकालाई रङ्गमञ्च, कला र साहित्यतर्फ काम गर्न प्रोत्साहान र अवसर दिने हेतले आयोजना गरिने सो महोत्सबमा सहभागी हुन शैली थिएटरले सम्पुर्ण व्यक्ति, सस्था, स्कुल, नाटक समुहलाई मंशीर २९ गते भित्र आलेख (स्कृप्ट) बुझाउन आव्हान गरेको छ ।

प्रतियोगितात्मक महोत्सव भएकाले बालबालिका उत्साहित बनाउन आयोजकले पुरस्कारका विधा पनि छुटाएको छ । शैलिका महोत्सब संयोजक आर्यन न्यौपानले भने, “छनोट भएर मञ्चनमा लगिएका नाटकहरूलाई मञ्चनकै अविधमा विज्ञहरुको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी  ६ वटा पुरस्कारहरु दिईने छ ।“ सुबेदिका अनुसार उत्कृष्ट अभिनय पुरस्कार दुई जनालाई १० हजार दिइने छ भने  ७ हजार उत्कृष्ट निर्देशन पुरस्कार र उत्कृष्ट नाटक पुरस्कारको निम्ति प्राप्त हुने छ । प्रोत्सहान पुरस्कार र पव्लिक च्वाईस् पुरस्कार स्वरुप दुई जनालाई  ५ हजार दिइने छ भने सहभागि सम्पूर्णलाई प्रमाणपत्र वितरण गरिने छ ।

आयोजकले स्कृप्टको लागि केही आवश्यक मापदण्ड तोकेको जानकारी शैली थिएटरका अध्यक्ष नबराज बुढाथोकीले दिए । बुढाथोकीले भने, “बालबालिकामा केन्द्रित नाटक महोत्सव भएकोले नाटक कुनै पनि तरिकाले बालबालिकासंग जोडिएको हुनु पर्नेछ । नाटकले बालबालिकाको मानोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न पाउने छैन । राष्ट्रिय अखण्डतामा आँच पुराउने तथा राज्यको निति नियम विपरीतको स्कृप्ट स्वीकार्य हुने छैन । एउटा नाटकमा बढीमा १५ जनामात्र कलाकार हुनुपर्ने छ र नाटक ७० मिनेट भन्दा लामो हुनु हुदैन ।" 

शैली थिएटरका प्रक्षिक्षक एबम रङ्गकर्मी सहिन प्रजापतीले भने, “हामी महोत्सवमा सहभागी १० उत्कृष्ट भाइबहिनीलाई अभिनय तालिमको शुल्कमा भारी छुट दिएर एबम नि: शुल्क तालिममा राख्ने छौँ । अनि विभिन्न नाटक, फिल्म, एबम अन्य कला कार्यमा मौका दिने छौँ ।“

स्कृप्ट दर्ता गर्न शैली थिएटरको कार्यलय, रुसि सास्कृतिक केन्द्र कमलपोखरिमा बिहान ८ बजेदेखी ११ बजेसम्म सम्पर्क गर्न सकिने जानकारी कार्यलय सचिब  सुबास सुबेदिलले दिए । आयोजकका अनुसार महोत्सवका लागि छानिका एबम माघ महिनाको दोश्रो हप्ता मन्चन हुने नाटकहरुको सुचि पुस २ गते सार्बजनिक गरिने छ ।

शैली थिएटर स्थापना भइ औपचारिक रुपमा काम गर्न थालेको एक दशक भएको छ । यो क्रममा शैली थिएटरले ३० वटा नाटक मन्चन गर्यो भने २ वटा नेपालि कथानक चलचित्र र आधा दर्जन लघु चलचित्र निर्माण एबम प्रदर्शन गर्यो । जनचेतना अभिवृदी गर्ने हेतुले यो समुहले बिभिन्न विषयमा हजार भन्दा बढी सडक एबम कचहरी नाटक मन्चन गर्ने राजधानीका बिभिन्न ठाउहरु र पुर्ब झापादेखि नवलपुरसम्मको यात्रा गर्यो भने रेडियो नाटक तयार गरि बिभिन्न रेडियो मार्फत  प्रशारण गरि चेतना फैलाउने कार्य पनि गरेको छ । बालबालिकाका बिषयबस्तुलाई केन्द्रमा राखी कार्य गर्ने शैली थिएटरले हरेक बर्ष माघ फाल्गुण महिनामा राष्ट्रिय बाल नाटक महोत्सब पनि गर्दै आएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै