• २०८१ बैशाख १६ आइतबार

नक्कली प्रहरी पक्राउ

kharibot

सप्तरी। आफू प्रहरी हो भन्दै रकम असुल गर्दै हिँड्ने एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–७ खर्साल टोलका २० वर्षीय जोगिन्द्र भनिने सागर यादव रहेको छ । 

सप्तरी बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टिस्थित नेपाल भारत सिमानामा यादवले आफू सादा पोशाकको (सिभिल) प्रहरी भएको भन्दै नेपाल–भारत आवतजावत गर्ने मानिसहरुसँग रकम असुली गरेकाले उनलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै