• २०८१ बैशाख १८ मंगलबार

कैलालीमा सुस्त मनस्थितिकी युवती बलात्कृत

kharibot

कैलाली । लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहँदा एक २८ वर्षीय सुस्त मनस्थितिकी युवती छिमेकीबाटै बलात्कृत भएकी छिन् ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ९ शिखरझालामा एक २८ वर्षीय सुस्त मनस्थितिकी युवती बलात्कृत भएकी हुन् । सोही ठाँउ बस्ने अन्दाजी ४० वर्षीय शेर बहादुर रावलले नाताले बहिनी पर्ने सुस्त मनस्थितिकी २८ वर्षीय युवतीमाथि बलात्कार गरी फरार रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले बताए ।

मंसिर ०६ गते दिउँसो १२ बजे बाख्रा चराउन जंगल गएकी युवतीमाथि बलात्कार भए पनि हिजो मंसिर ९ गते मात्रै घरमा जानकारी भएपछि घटना सार्वजनिक भएको हो । बलात्कार गर्ने रावलविरुद्ध इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा परेसँगै खोजीकार्य जारी रहेको प्रहरी प्रमुख जोशीले बताए ।

बलात्कृत किशोरी सुस्त मनस्थितिकी छिन् । उनका बुबा छैनन् । घरमा आमा र २ साना भाइ रहेका छन् । पीडक रावल किशोरीका फुपुका छोरा हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै