• २०८१ बैशाख १५ शनिबार

नेपाल र म्यान्मारका चेम्बरबीच दुईपक्षीय व्यापार सहमति 

kharibot

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यान्मार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीबीच दुई पक्षीय व्यापारको विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल चेम्बर एक्स्पो २०१८ को सन्दर्भ पारेर गरिएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष नरेश श्रेष्ठ र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीको तर्फबाट सह–महासचिव म्यो थान्टले हस्ताक्षर गरेको नेपाल चेम्बरले जनाएको छ ।

उक्त समझदारीपत्रपश्चात् दुई–पक्षीय व्यापार र लगानी थप मजबुत बन्ने विश्वास व्यक्त गरिएको छ ।

हालसम्म नेपाल चेम्बर अफ कमर्सले ६१ वटा विभिन्न देशको चेम्बर अफ कमर्ससँगको समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय