• २०८१ बैशाख १६ आइतबार

भारी वर्षाका कारण दक्षिणी म्यान्मामा हजारौँ नागरिक विस्थापित

kharibot

काठमाडौं । दक्षिणी म्यान्माको बागो क्षेत्रमा आइतबार भएको भारी वर्षाका कारण हजारौँ नागरिक विस्थापित हुनुका साथै रेल यातायात अवरुद्ध भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । 

बागो क्षेत्रको समाज कल्याण, राहत तथा पुनरवास मन्त्रालयका निर्देशक उ थाउङ स्वेले बाढीका कारण १४ हजार तीन सय चार नागरिकले ३६ वटा राहत शिविरमा आश्रय लिएको बताए ।

उनका अनुसार पानीको सतह निरन्तर बढिरहेकाले उद्धार संस्थालगायत सम्बन्धित निकायले उद्धार कार्य जारी राखेका छन् । 

म्यान्माको यातायात तथा सञ्चार मन्त्रालयले बाढीका कारण याङ्गुन जाँदै गरेको दुई वटा यात्रुवाहक रेलमा सवार करिब आठ सय यात्रुलाई आइतबार साँझ जहाजहरूमा राखेर पुर्याइएको बताएको छ । 

बाढीकै कारण आइतबार बागो सहर हुँदै जाने चार वटा यात्रुबाहक रेलको यात्रा रद्द गरिएको थियो । एक रेलवे अधिकारीले बागो क्षेत्र हुँदै चल्ने रेलका यात्रा सोमबार पनि स्थगित गरिएको जानकारी दिए । 

म्यान्माको जल तथा मौसम विज्ञान विभागले बागो नदीमा पानीको सतह सोमबार खतराको स्तरभन्दा चार इन्च माथि रहेको बताएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै