ट्रायलका लागि विमल आज बेल्जियम जादै 

खरीबोट

काठमाडौँ। यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् । 

च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । विमल ट्रायलका लागि आज बेल्जियम जादै छन् । बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको सम्झौता सहमतिमा रद्द गरेका छन् ।

विमलले लिगका खेल गुमाउने पुष्टि गर्दै च्यासल युथ क्लब, अफिसियल र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । फेसबुकमार्फत उनले ए डिभिजन लिगमा डेब्यू गर्दा खुसी लागेको बताएका छन् । तर च्यासलले राम्रो शुरुवात गर्न नसकेको बताएका उनले च्यासलसँगको यात्रा सकिएको लेखेका छन् । 

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा भने यसै वर्षदेखि डेब्यु गरेका हुन् । विमलले यसअघि विसं २०७१ को राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए ।

एन्फाको बुटवल एकेडेमीमा विसं २०६७ मा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे । सन् २०१२ को एएफसी यू–१४ फेस्टिभलमा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो । राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए । 

सम्बन्धित समाचार

‘रेलिगेशन’बिनाको ए डिभिजन लिगले घटाएको फुटबल रौनक

काठमाडौँ । गत वैशाखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नेतृत्व सम्हालेलगत्तै अध्यक्ष कर्माछिरिङ शेर्पाले भनेका थिए, “चार वर्षदेखि रोकिएको लिग यसै वर्ष शुरु गर्छु ।” एन्फामा विवाद बढ्दै जाँदा चार वर्षदेखि

ए डिभिजन लिग सकियो, कसले कुन अवार्ड जिते ? 

काठमाडौँ । चार वर्षपछि भएको शहिद स्मारक ए डिभिजन लिगको सकिएको छ । लिगमा भाग लिएका १४ क्लबले हरेकले १३-१३ खेल खेलेर सक्दा मनाङ मर्स्यांदी क्लबले १३ खेलमा १२ मा

उपाधि विजेता मनाङ अन्तिम खेलमा फ्रेन्ड्ससँग पराजित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको उपाधि विजेता टिम मनाङ मर्स्याङ्दी क्लब अन्तिम खेलमा भने पराजित भएको छ ।  लिगको अन्तिम खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको

ए डिभिजन लिगमा थ्रिस्टार तेस्रो स्थानमा 

काठमाडौँ । थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।  ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा को खेल


z