• २०८१ बैशाख १६ आइतबार

ए डिभिजन लिगमा आज चार खेल हुदैँ

kharibot

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुदैँछन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक-एक खेल हुनेछन ।

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा खुमलटार र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

उता, दिउँसो ३ बजे नै च्यासल मैदान, ललितपुरमा नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबका बिचमा भिडन्त हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम र हिमालयन शेर्पा बिचमा प्रतिस्पर्धा हुनेछ, जुन खेल ३ बजेवाट सुरु हुनेछ  ।

रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा फ्रेन्डस क्लब र मनाङ मर्स्याङदी आमुने सामुने हुनेछन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै