आत्मघाती गोेलले च्यासल विजयी 

खरीबोट

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी च्यासल युथ क्लबलले दोस्रो जीत निकालेको छ । 

एन्फा मैदान सातदोबाटोमा आज भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै च्यासले महत्वपूर्ण तीन अङ्क जोडेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको स्थिति उल्टाएर च्यासलले जीत निकालेको हो । च्यासललाई जीत दिलाउन सन्तोष साहुखलले एक गोल गरे । च्यासलले एक गोल आत्मघाती उपहार पाएको थियो । हिमालयन शेर्पाका त्रिदेभ गुरुङले एक गोल गर्दा निरज बस्नेतले आत्मघाती गोल गरे । 

खेलमा शुरुआती अग्रता भने हिमालयन शेर्पाले बनाएको थियो । खेलको १६औँ मिनेटमा त्रिदेभले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । खेलको ५६औँ मिनेटमा साहुखलले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

खेलको ७३औँ मिनेटमा निरजले आत्मघाती गोल गर्दा च्यासल २–१ ले विजयी भयो । सुनिल खड्काले प्रहार गरेको बल निरजलाई लाग्दै गोल भएको थियो । खेलमा सन्तोष ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । जीतसँगै च्यासलले छ खेलबाट सात अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ । पराजित हिमालयन शेर्पा १० अङ्क जोडेर छैटौँ स्थानमा छ । 

सम्बन्धित समाचार

मछिन्द्रलाई हराउदै मनाङ्ग लिगको शिर्ष स्थानमा फर्कियो 

काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ्ग मर्स्याङदी क्लबले मछिन्द्र क्लबमाथि संघर्षपूर्ण जित हासिल गरेको छ। सोमबार भएको खेलमा मनाङ्गले मछिन्द्रलाई १-० गोल अन्तरले पराजित गरेको हो।  पहिलो हाफमा बिना

ब्रिगेड ब्वायजमाथि आर्मीको संघर्षपूर्ण जित

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम आर्मी क्लबले ब्रिगेड ब्याइजमाथि १-० को संघर्षपूर्ण जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मी खेलको सुरुवातदेखि नै आक्रामक खेले

ए डिभिजन लिगमा थ्रीस्टार र च्यासल विजयी, थ्रीस्टार शिर्ष स्थानमा उक्लियो 

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरका दुई प्रतिद्वन्द्वीबीचको खेलमा थ्रीस्टार २–० गोल अन्तरले विजयी

ए डिभिजन लिगमा सरस्वतीमाथि एपीएफको सहज जित

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको खेलमा विभागीय टिम एपीएफले जित हासिल गरेको छ । सात दोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपीएफका रुपबहादुर लामाको दुई गोलको मद्धतले


z