शैली थिएटरमा ‘विवाहको प्रस्ताव’

खरीबोट

काठमाडौं । शैली थिएटरले रुसी साहित्यकार एन्टन चेखोभको  एकांकी नाटक  “विवाहको प्रस्ताव“ (द म्यारिएज प्रपोजल) मन्चन गरेको छ । 

पहिलो चरणमा, रुसी सांस्कृतिक केन्द्रमा बुधबार र बिहीबार मन्चन भएको यो नाटक केही दिनको विश्राम पछि पुनः देखाइने थिएटरले जनाएको छ । बिहेसँग जोडिएको सरल कथावस्तुलाई चेखोभको यस नाटकले  हास्यास्पद अवस्था सृजना गरी सामाजिक चालचलनलाई व्यंग्य गरेको छ । 

सेटमार्फत दृश्यमा देखाइएको वातावरण र भेषभुषाले रुसको झझल्को दिने यस नाटकमा निर्देशकले संगीत र प्रकाशको  सुहाउँदो प्रयोग गरेको पाइन्छ । करिब एक घण्टा लामो यस नाटकलाइ तीनजनाप्रभावकारी कलाकारको स्वाभाविक अभिनय देख्न सकिन्छ ।

एन्टोन चेखोबको यस कृतिलाई सबिन न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । देवेन्द्र बब्लुले नवराज बुढाथोकीलाई निर्देशनमा सहयोग गरेको यस नाटकमा लाइभ म्युजिकबाट अमनमाली, सुजन माली र  सुशील मालीले कलाकारको अभिनयलाई अझ आकर्षक बनाएका थिए ।

सौरभ ढकालले प्रकाशको संयोजन र परिचालन गरेका हुन् । 

सम्बन्धित समाचार

नेटफ्लिक्सले हलिउडको चर्चित इजिप्सियन थिएटर किन्दै

काठमाडौं । भिडियो स्ट्रिमिंग कम्पनी नेटफ्लिक्सले हलिउडको मुटुमा रहेको इजिप्सियन थिएटर किन्ने तयारी गरिरहेको डेडलाईन म्यागजिनले जनाएको छ । अहिले 'अमेरिकन सिनेमाथेक' नामको एक गैर-नाफामूलक कम्पनीको स्वामित्वमा रहेको उक्त सिनेमाघर नेटफ्लिक्सले

शैली थिएटरमा दशौं राष्ट्रिय बाल नाटक महोत्सव

काठमाडौं / शैली थिएटर, रुसि सास्कृतिक केन्द्र र ईसानले आयोजना गरेको दशौं राष्ट्रिय बाल नाटक महोत्सव सकिएको छ । उक्त कार्यक्रममा विभिन्न ६ विधामा उत्कृष्ट हुनेलाई पुरस्कार, शिल्ड र मायाको

शैली थिएटरमा ‘विवाहको प्रस्ताव’

काठमाडौं । शैली थिएटरले रुसी साहित्यकार एन्टन चेखोभको  एकांकी नाटक  “विवाहको प्रस्ताव“ (द म्यारिएज प्रपोजल) मन्चन गरेको छ ।  पहिलो चरणमा, रुसी सांस्कृतिक केन्द्रमा बुधबार र बिहीबार मन्चन भएको यो नाटक

लिटल थिएटर ग्यारेजमा बालबालिका

काठमाडौं । काठमाडौंमा केही बालबालिकाहरुले एकै मञ्चमा एकै दिन तीन नाटक मञ्चन गरेका छन् । उनीहरुले आफ्ना आमाबुबाको स्नेह र कमजोरी दुवैलाई अभिनय मार्फत प्रस्तुत गरेका हुन् । थिएटर सेन्टर फर


z