• २०८१ बैशाख २० बिहीबार

१० बर्षपछि शैली थिएटरमा 'सेतो कपाल’

kharibot

काठमाडौँ । दश बर्ष अघि अहिलेका चर्चित कलाकार बिपिन कार्की, कमलमणि नेपाल, भोला सापकोटा, राजकुमार पुडासैनी, पशुपति राइ, सरस्वती चौधरी इत्यादिको बुलन्द अभिनयले सजिएको नाटक ’सेतो कपाल’ यस पालि भने फागुन १७ गतेसम्म शेर शाही, निमा पाण्डे, सुदिन लुइँटेल, रविन तामाङ, करिश्मा केसी, सुरेन्द्र क्षेत्री, ज्योति राई, बालकृष्ण रिजाल, कुमार जोशी, रिया चौधरी, मीरा केसी, नोरचेन लामा लगायतले अभिनय गरि रहेका छन शैली थिएटर नाटकघर रातोपुलमा ।

दश बर्ष अघि यो नाटक गुरुकुलमा लगातार मन्चन भएको थियो । देवेन्द्र बब्लुको ध्वनि परिचालन रहेको नाटकमा प्रकाश परिचालन विशाल घिमिरेले गरेका छन ।

डार्क कमेडी विधाको यस नाटक आर्थिक दृष्टिले अत्यन्तै जोखिम पूर्ण नाट्यकर्मलाइ आफ्नो जीवनको सर्वा्धिक उपलब्धि ठानी त्यसै भित्र रमाउन अभ्यस्त एक नाटककारको परिस्थिति देखाएको छ ।

नाटकको अन्तिम पूर्वाभ्यासका निम्ति चारित्रिक अभिनयका लागी मंचमा उत्रिएको नाटकको नायक कुमार अग्नि अचानक कथामा उल्लेखित नाटककारको चरित्रलाइ बिर्सेर स्वयमले बिताइरहेको वास्तविक जीवनमा प्रवेश गर्न पुग्छ यहाँबाट नाटकले नया मोड लिन्छ । कुमारले आफ्नो बाल्य र युवा अवस्था, हजुरबाको यौन मनोविज्ञान, आफ्नो असफल पहिलो प्रेम र दोस्रो प्रेम पश्चात अर्धांगिनी बनेकी सिमल संगको तनावयुक्त पारिवारिक सम्बन्ध आदिलाई सम्झिदै आफ्नो दमित रहर ,तिर्खा यौन कुण्ठा तथा अभावग्रस्त जीवनको आक्रोस व्यहोर्दै साइकोप्याथ नामक मानसिक रोगबाट ग्रसित भएर आत्माहत्याको निर्णयमा पुग्दछ र नाटकको पूर्वाभ्यास एकाएक रोकिन्छ ।

गत भदौमा शैली थिएटरको आफ्नै नाटकघर रातोपुलमा स्थापना भएपछि ४ नाटक र एक बाल नाटक महोत्सब गरि सकेको छ । यो क्रममा शैली थिएटरले अनुभबी रंगकर्मी बिजय बिष्फोटलाइ पहिलो पटक आमन्त्रित निर्देशकको रुपमा स्थान दिएको छ । बिष्फोटको लेखन र निर्देशनमा तयार भएको नाटक ’सेतो कपाल’ रंग सारथी र शैली थिएटरको सयुक्त प्रस्तुति रहेको छ । यो नाटक काठमान्डौको रातोपुलस्थित शैली थिएटरमा १० बर्ष पछी पुन: मन्चन भैरहेको छ । 

शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकी भन्छन् – 'हाम्रो नाटक घर भर्खरै सञ्चालनमा आएको हुनाले हामीलाई पाका र पुराना रंगकर्मी देखी सहकर्मी एवम अहिलेका नयाँ पुस्ताका रंगकर्मीहरुको साथ चाहिएको छ । यस्तो वेलामा विजय विष्फोट दाइले मिलेर नाटक गरौं भन्दा हामीले नाई भन्नु पर्ने खास कारण केही थिएन । हामी हाम्रो नाटक घरलाई सवै रंगकर्मी एवम नाट्य संस्थाहरुको साझा थलो बनाउन चाहान्छौं ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै