• २०८१ बैशाख २० बिहीबार

मारिउपोलस्थित थिएटरमा रुसी बम आक्रमणबाट ३०० जनाको मृत्यु !

kharibot

काठमाडौँ । युक्रेनको दक्षिणी शहर मारिउपोलमा गत हप्ता रुसले एक थिएटरमा गरेको बम आक्रमणमा कम्तिमा ३०० जनाको मृत्यु भएको बताइएको छ ।

भग्नावशेष र अविरल गोलाबारी जारी रहेकाले मृत्युको स्पष्ट संख्या भने अझै पुष्टि गर्न कठिन भएको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

युक्रेनी अधिकारीहरूले सयौं मानिसहरूलाई आश्रय दिएको थिएटरमा भएको आक्रमण कम्तिमा ३०० जनाको मृत्यु भएको हुनसक्ने बताएका छन् ।

रसियाले भने सो थिएटरमा आक्रमण गरेको अस्वीकार गरिरहेको छ । 

मरिउपोलको सिटी हलले आफ्नो फेसबुक पोष्टमा भनेको छ- 'प्रत्यक्षदर्शीहरूबाट प्राप्त जानकारी अनुसार एक रूसी विमानको हमला पछि मारिउपोलस्थित  थिएटरमा लगभग ३०० जनाको मृत्यु भएको छ ।'

आक्रमणको एक साताभन्दा बढी समय बितिसक्दा पनि त्यो समय थिएटरमा कति मानिस थिए भन्ने स्पष्ट हुन सकेको छैन ।

नगर परिषद्को अनुमान, बीबीसी र ह्युमन राइट्स वाच अभियान समूहले अन्तर्वार्ता लिएका नागरिकहरूले आक्रमण हुनुअघि भवनमा ५ सयदेखि एक हजारको बीचमा मानिसहरुले आश्रय लिएको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै