• २०८१ बैशाख १५ शनिबार

मेसीको जादुमय प्रदर्शनसँगै बार्सिलोनाको जित 

kharibot

काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले इस्पेनियोलमाथि शानदार जित हासिल गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले इस्पेनियोलमाथि ४-० को जित हासिल गरेको हो।

बार्सिलोनाको जितमा लियोनेल मेसीले २ गोल गरे भने उसमान डेम्बेले र लुइस स्वरेजले एक एक गोल गरेका छन्। मेसीले दुवै गोल फ्री-किक बाट गरेका थिए। साथै मेसीले यस खेलमा डेम्बेलेको गोल असिस्ट पनि गरेका थिए। मेसीले यस सिजनमा आठ गोल असिस्ट गरेका छन् बहने ११ गोल गरेका छन्। 

मेसीले खेलको १७औ मिनेट र खेलको ५५औ मिनेटमा फ्री-किकबाट गोल गरेका थिए भने डेम्बेलेले खेलको २६औ मिनेट र स्वरेजले खेलको ४५औ मिनेटमा गोल गरेका थिए। 

जित पछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा कायम रहेको छ। बार्सिलोनाको १५ खेलमा ३१ अंक छ भने दोस्रो स्थानमा रहेको सेभिल्लाको १५ खेलमा २८ अंक रहेको छ। त्यस्तै इस्पेनियोल १५ खेलमा २१ अंकसहित ला लिगाको नवौ स्थानमा रहेको छ। 

बार्सिलोना अब अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत टोटनह्यामसंग आगामी मंगलबार खेल्दै छ। समुह बि बाट शिर्ष स्थान हासिल गर्दै बार्सिलोना अन्तिम १६ मा पुगिसकेको भएपनि टोटनह्यामका लागि भने अन्तिम १६ मा पुग्न यो खेल जित्ने पर्ने रहेको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै