• २०८१ बैशाख २५ मंगलबार

नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो शुक्रबारदेखि 

kharibot

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्स्पो हुने भएको छ । एस.डि.प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपालले आयोजना गर्ने एक्स्पोको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नेछन् ।

आयोजकका अनुसार यो एक्सपो नेपालको स्वास्थ्य तथा ल्याब क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदानप्रदान गर्ने प्ल्याटफर्म हो । नेपाल मेडिकल एसोसिएशन, एसोसिएशन अफ इन्डियन मेडिकल डिभाईस इन्डष्ट्री, ईईपिसी, द साइन्टिफिक इक्युपमेन्ट एण्ड फर्निचर एसोसिएशन, नेपाल एसोसिएशन अफ क्लिनिकल केमेस्ट्री तथा जर्मनीको हाइटेक इन्डष्ट्री एसोसिएशन स्पेक्ट्यारिसको सहयोग रहनेछ । 

अन्तर्राष्ट्रिय एक्सपोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आइ.टी. सर्भिस प्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, प्mयासिलिटी म्यानेजमेन्ट, कम्प्लिट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब, एनालाइटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रुमेन्ट्स एण्ड कन्ज्युमेबल्सको प्रदर्शनीहुनेछ ।

यो प्रदर्शनीमा २०० भन्दा बढी कम्पनीहरु र ५०० भन्दा बढि ब्राण्डहरुको उपस्थिति हुनेछ । यसमा दश मुलुकका अफिसरहरु, डाक्टरहरु, नीतिनिर्माणकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन् ।

विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द, फार्मास्यूटीकल्स, खाद्यउद्योग, विश्वविद्यालय, ल्याबहरु तथा आपूर्तिसँग सम्बन्धित एक्स्पोसँगै दुईवटा सम्मेलन पनि आयोजना गर्ने एस.डि. प्रोमोले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै