• २०८१ बैशाख १७ सोमबार

सेयरबजारमा दोहोरो अंकको वृद्धि, आठ समूहले कमाए

kharibot

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ ।

आज नेप्से १० दशमलव ८५ अंकले बढेर ११ सय ३१ दशमलव ७० विन्दुमा चढ्दा सेन्सिटिभ एक दशमलव ९८ अंकले बढेर दुई सय ४० दशमलव ३१ विन्दुमा चढेको छ । एक सय ५५ कम्पनीहरुको दुई हजार नौ सय ६५ वटा कारोबारमा सात लाख १४ हजार छ सय १८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम २२ करोड ३७ लाख २४ हजार छ सय ८७ रुपैयाँ पुगेको छ ।

आज ११ वटा समूहको कारोबार भएकोमा आठ वटा समूहको कारोबार सूचक बढेकाछन भने होटल, फाईनान्स र उत्पादनमुलक समूहको सूचक घटेकाछन । यस मध्ये बाँणिज्य बैंक समूहको सूचक १० दशमलव ४५ अंकले बढेर नौ सय ९८ दशमलव ७८ विन्दुमा चढ्दा १२ करोड चार लाख ४५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सूचक पनि १० दशमलव ९९ अंकले बढेर १४ सय २१ दशमलव ८३ विन्दुमा चढ्दा तीन करोड ६० लाख ५४ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, अन्य र लघुबित्त समूहको सूचकमा पनि सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको मिर्मिरे लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य पाँच रुपैयाँ ६७ पैसाले बढेर नौ सय ५१ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको लक्ष्मी ईक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य सात रुपैयाँ ४४ पैसाले घटेर आठ रुपैयाँ ३३ पैसामा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल बैकको प्रतिकित्ता दुई सय ९५ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ७७ लाख ४० हजार एक सय ११ रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै