• २०८१ बैशाख २६ बुधबार

रोहित चन्द इन्डोनेसिया फुटबल लिगको यस बर्षको उत्कृष्ट खेलाडी 

kharibot

काठमाडौँ। नेपाली मिडफिल्डर रोहित चन्द इन्डोनेसिया फुटबल लिग 'लिग वान' को यस बर्षको उत्कृष्ट खेलाडी बनेका छन्। पर्सिजालाई यस बर्षको लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका चन्द इन्डोनेसिया फुटबल लिगको बेस्ट प्लेयर बनेका हुन्। 

लिगको अन्तिम खेलमा मित्रा कुकरलाई दुई एकले हराउँदै लिगको शीर्ष स्थानमा रहँदै पर्सिजाले उपाधि जितेकाे हाे । पर्सिजाको जितमा सिमिसले दुई गोल गरे । जसका कारण लिगमा पीएसएमलाई एक अंकले पछि पार्दै रोहितको टिमले उपाधि जित्न सफल भयो ।

यससँगै रोहित सार्क क्षेत्रबाट बाहिरी देशमा उपाधि जित्ने पहिलो खेलाडी फुटबल खेलाडी बनेका छन् ।

यसअघि नेपाली गोलकिपर किरण चेम्जोङले सार्क राष्ट्र अन्तरगतकाे विदेशी भूमिमा उपाधि जितेका थिए । किरणले मल्दिभ्स र भारतको आई लिगको उपाधि जितेका थिए । उनी लिगमा मोष्ट भ्यालुएबल खेलाडी पनि बनेका थिए ।

रोहित सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका छन् । उनले यो सिजन २१ खेल खेल्दा तीन गोल गरेका थिए । पर्सिजाबाट रोहितले २०१७ देखि अहिलेसम्म अहिलेसम्म ५९ खेल खेल्दै कुल ६ गोल पनि गरेका छन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै