• २०८१ बैशाख १५ शनिबार

कोपा लिबर्टाडोरेसको उपाधि रिभर प्लेटले जित्यो 

kharibot

काठमाडौँ। दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा लिबर्टाडोरेसको उपाधि रिभर प्लेटले जितेको छ ।

समर्थकको आक्रमणका कारण घरेलु मैदानमा स्थगित भएर स्पेनिस क्लब रियल मड्रिडको खेल मैदानमा भएको फाइनल खेलको दोस्रो लिगमा रिभर प्लेटले बोका जुनियर्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-३  गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

दक्षिण अमेरीकी फुटबल इतिहासकै सबै भन्दा ठूलो फाइनल खेलका रुपमा लिइएको कोपा लिबर्टाडोरेसको दोस्रो लेगमा रिभर प्लेटले बोका जुनियर्सलाई ३-१ गोल अन्तरले पराजित गर्यो । पहिलो लिगमा २-२ गोलको बराबरी भएको खेलको दोस्रो लिगमा बोका जुनियर्स १० खेलाडीमा झरेको थियो ।

कडा सुुरक्षाकाबीच भएको निकै रोमाञ्चक फाइनल खेलको दोस्रो लेगको ४४औं मिनेटमा बोका जुनियर्सले बेनेटेडोको गोलमार्फत खेलमा अग्रता बनाएको थियो । एक गोलले पछि परेको रिभर प्लेटले ६८औं मिनेटमा प्राटोको गोल मार्फत खेल १-१ गोलको अवस्थामा पुर्‍याएका थिए ।

निर्धारीत ९० मिनेट एक एक गोलको बराबरीमा सकिएपछि थपिएको आधा घण्टामा रिभर प्लेटले दुई गोल गर्‍याे । खेलको ९२औं मिनेटमा बोका जुनियर्सका बारीअस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । जसका फाइदा रिभर प्लेटले निकै राम्रोसँग लिन सफल भयो ।

खेलको १०९ मिनेटमा क्विन्टेरोले गोल गर्दै खेल २-१ को अवस्थामा पुर्याए । त्यसपछि १ २०औं मिनेटमा मार्टिनेजको उत्कृष्ट गोलमार्फत रिभर प्लेटले एकगोलले पछि परेको खेललाई उल्ट्याउदै ३-१ को नतिजा सहित उपाधि जितेको थियो । 
 
फाइनल खेल हेर्नका लागि अर्जेन्टिनाको राजधानी बुयनस आयसमा हजारौँ समर्थकको भिड लागेको थियो । यसअघि अर्जेन्टिनामा नै हुने भनिएको दोस्रो लिगमा समर्थकले टिमको बसमा आक्रमण गरेपछि अर्जेन्टिनामा कैयौ पटक स्थगित भएपछि फाइनल खेल रियल मड्रिडको मैदानमा सारिएको थियो । खेलका दौरान २४ सय सुरक्षाकर्मी मैदानमा खटाइएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय