• २०८१ बैशाख १७ सोमबार

महानगरको प्रतियोगितात्मक प्रविधि प्रतिस्पर्धा सुरु, विजेतालाई १७ लाख 

kharibot

काठमाडौं । काठमाडौं महानगरले स्वदेशमै उद्यमशीलता प्रवद्र्धन गर्न स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा आयोजना गरेको छ । महानगरले नौ शीर्षकमा विजेतालाई कुल १७ लाख पुरस्कार राशियुक्त प्रतियोगितात्मक कार्यक्रम बुधबारबाट सुरु गरेको हो । 

यसमा समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापनका चार विषयहरु रहेका छन् भने विभिन्न २८ क्षेत्रमा प्रतिस्पर्धीले आफ्ना नयाँ सोच प्रस्तुत गर्नुपर्नेछ ।

विभिन्न ६ चरणमा विभाजन गरी सम्पन्न गरिने प्रतियोगितामा सहभागीको मूल्यांकन महानगरले इच्छुक प्रतिस्पर्धीको छनोट गर्दा उसले छानेको विषयको महत्व, उत्पादन क्षमता, व्यावसायिक नमूना, विस्तार योग्यता र प्रस्तुति तथा व्याख्या गरी पाँच आधारको मापदण्ड पुगे नपुगेको हेर्नेछ । 

पहिलो चरणमा १०० जनालाई समूह बनाई विज्ञहरुद्वारा नियमित रेखदेख तथा आवश्यक तालिम दिइने महानगरको भनाइ छ । ३ महिना त्यसरी तालिम दिएपश्चात् १०० मध्ये ४ विषयको २४ वटा प्रतिस्पर्धी समूह बनाइने महानगरले जनाएको छ ।

उत्कृष्टमध्ये समूहविजेतामध्ये एकले ५ लाख च्यालेन्ज विजेताको रुपमा, समुदाय तथा वातावरण विषयगत विजेतालाई २ लाख, सहरी पूर्वाधारतर्फ २ लाख, महानगरीय सामाजिक सेवातर्फ २ लाख, सार्वजनिक प्रशासनतर्फ २ लाख, समुदाय र वातावरणतर्फ एपविजेतालाई १ लाख सहरी पूर्वाधारतर्फ उपविजेतालाई १, सामुदायिक सेवातर्फ उपविजेतालाई १ लाख र सार्वजनिक प्रशासनतर्फ उपविजेतालाई १ लाख प्रदान गरिने महानगरले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै