• २०८१ बैशाख १४ शुक्रबार

निर्मलाको जन्मदिनको दिन जिल्ला प्रशासन अगाडि सडकमा होम 

kharibot

कञ्चनपुर। निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नागरिक संघर्ष समितिले निर्मलाको आत्माको शान्तिको कामना गर्दै जिल्ला प्रशासन अगाडि सडकमा यज्ञ गरेको छ ।

नागरिक संघर्ष समितिको पूर्वघोषित कार्यक्रम अनुसार बुधबार जिल्ला प्रशासन अगाडि यज्ञ गरिएको हो । संघर्ष समितिले निर्मलाको न्यायका लागि विभिन्न कार्यक्रमको घोषणा गरे पनि बुधबार संयोगले उनको जन्मदिन परेको नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले बताएकी छन् । 

‘२१ गते बसेको समितिको बैठकले आन्दोलनका विभिन्न कार्यक्रम अन्तर्गत २६ गते  निर्मलाको आत्माको शान्तिका लागि हुमन गर्ने कार्यक्रम तय गरिसकेका थियौँ’, संयोजक भण्डारीले भनिन्, ‘संयोगले आजै उनको जन्मदिन परेछ । त्यसैले परिवारसहित हामीले हुमन गरेका हौँ ।’

उनले राष्ट्रप्रमुखहरुको सद्धबुद्धिका लागि पनि हुमन कार्यक्रम राखिएको बताइन् । निर्मलाको हत्यामासंलग्न भन्दै पटक–पटक निर्दोष व्यक्तिलाई दुःख दिने गरेको उनको आरोप छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको १४० दिन बितिसक्दा समेत वास्तविक हत्यारा पहिचान हुन सकेको छैन् । 

तर, घटनामा संलग्न भएको आशंकामा प्रहरी भिमदत्त –१८, का प्रदीप रावल र विशाल चौधरीमाथि अनुसन्धान भइरहेको बताएको छ । यता, स्थानीयले भने अपराधीलाई ढाकछोप गर्न प्रहरीले सर्वसाधारणलाई दुःख दिइरहेको गुनासो गरेको छन् । 

निर्मलाको न्यायका लागि आफूहरु ३२ दिनदेखि धर्नामा बस्दा पनि सरकारले वास्तविक दोषीलाई पहिचान गर्न नसकेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताईन्। सरकारले घटनाको १४० सदिनसम्म पनि अपराधी पहिचान गर्न नसकेकोले आफूहरुले सरकारको आँखा खोल्नका लागि जिल्ला प्रशासन अगाडि नै हुमन गरेको उनले बताइन् ।

हुमन सकेपछि संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई समेत यज्ञको प्रसाद पठाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै