• २०८१ बैशाख १४ शुक्रबार

फ्रेन्ड्समाथि पुलिस क्लबको शानदार जित 

kharibot

काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबमाथि शानदार जित हासिल गरेको छ। पुलिसले फ्रेन्ड्समाथि ५-० गोल अन्तरको फराकिलो जित हासिल गरेको हो। 

पुलिसको जितमा अभिषेक रिजाल, रविशंकर पासवान, भारत शाह, तेज तमाङ्ग र नीर कुमार राईले एक एक गोल गरेका थिए। पुलिसले पहिलो हाफमा २-० को अग्रता लिएको थियो भने दोस्रो हाफमा ३ गोल गरेको थियो। 

जित पछि पुलिसको ८ खेलमा १४ अंक भएको छ भने पुलिस लिगको पाचौ स्थानमा रहेको छ।  फ्रेन्ड्स क्लब भने ८ खेलमा ५ अंक सहित ११औ स्थानमा रहेको छ। 

लिग अन्तर्गत आजै शिर्ष स्थानमा रहेको मनाङ्ग मर्स्याङदी क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्दै छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै