• २०८१ बैशाख १५ शनिबार

जितसँगै सेभिला दोस्रो स्थानमा उक्लियो, बार्सिलोना दबाबमा 

kharibot

काठमाडौँ। स्पेनिस ला लिगामा सेभिलाले गिरोनालाई २-० गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी गरेको छ। 

आइतबार भएको खेलमा सेभिलाले गिरोनालाई पराजित गर्दै १६ खेलमा ३१ अंक बटुलेर एक खेल कम खेलेको बार्सिलोनासँग अंक बराबरी गरेको छ। सेभिलाको जितमा इभर बनेगा र पाब्लो सर्बियाले एक एक गोल गरेका थिए।

सेभिलाको जितपछि ला लिगाको अंक तालिका पेचिलो बनेको छ। एक कम कम खेलेको बार्सिलोनासँग सेभिला र एथलेटिको म्याड्रिड ३१ अंकसहित क्रमसः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन्। गोल अन्तरका आधारमा बार्सिलोना शिर्ष स्थानमा रहेको छ भने सेभिला र एथलेटिको दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

बार्सिलोना आजराती लेभांटेसँग हुने खेलमा जित्नुपर्ने दबाबमा परेको छ।  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै