• २०८१ बैशाख १७ सोमबार

विभिन्न कारण नागरिकता नपाएका बच्चालाई नागरिकता दिनुपर्नेमा जोड 

kharibot

काठमाडौं । विभिन्न कारणले जन्मिएका बच्चालाई नागरिकता प्राप्ति सहज र सरल ढंगले गर्न पाउनुपर्नेमा जोड दिइएको छ ।

नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्न राजधानीमा बिहीबार अन्तर्पार्टी महिला सञ्जाल केन्द्रीय कार्य समिति  काठमाडौंले गरेको अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरुले उक्त जोड दिएका हुन् । 

कार्यक्रममा महिला अधिकारवादी यशोदा सुवेदी, सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठलगायतले सम्मानित नागरिक भएर देशमा बाँच्न पाउनुपर्ने भन्दै विभिन्न बाहानामा प्रेममा परेर छुटेका, बलात्कारमा परेका, रोधिघरबाट जन्मेका बच्चाको नागरिता सम्बन्धी समस्यालाई हल गर्नुपर्ने बताए ।

देशका हरेक अधिकारप्राप्तिको आन्दोलनमा महिलाको भूमिका पनि उत्तिकै रहेकोले महिलालाई नागरिकताको अधिकारबाट बञ्चित गर्न नहुने उनीहरुले बताएका हुन् । 

सांसद् श्रेष्ठले आगामी फागुन २१ गतेभित्र संविधानसँग बाँझिएका कानुनहरुलाई संविधान  संगत बनाउन लागि रहेको बताइन ।

उनले बाझिएका कानुन खारेज हुने जानकारी गराइन् । उनले कोही पनि नेपाली नागरिक  नागरिताको अधिकारबाट वञ्चित हुन नपरोस् भन्दै बाहिरका नागरिकले नागरिता लिन नहुने र भित्रकाले पाउनुपर्नेमा सचेत हुनुपर्ने बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै