• २०८१ बैशाख १५ शनिबार

हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर र सिनेटरको मृत्यु

kharibot

मेक्सिको । मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यकी गभर्नर र उनका श्रीमान्को मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उनकी पत्नी र गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो ।

मेक्सिकोका राष्ट्रपति मानुएल लोपेज ओब्राडोरले ट्वीट गर्दै गहिरो समवेदना व्यक्त गरेका छन् । उनले दुर्घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिए ।

साथै, दुर्घटनामा हेलिकप्टरका दुई चालक र एकजना सहयोगीको समेत मृत्यु भएको छ । पुब्लाको सान्ता मारिया कोरोनान्गो क्षेत्रबाट उडेको १० मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

गभर्नर अलोन्सोले गत डिसेम्बर १० मा मात्र पदभार ग्रहण गर्नुभएको थियो । उनी पुब्लाको पहिलो महिला गभर्नर थिइन् । उनका पति सन् २०११ देखि २०१७ सम्म पुब्लाको गभर्नर थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै