• २०८१ जेठ ४ शुक्रबार

नेइमार र गुआर्डीओलालाई बार्सिलोनामा देख्न चाहन्छु - मेसी 

kharibot

काठमाडौँ। बार्सिलोनाका कप्तान लियोनेल मेसीले आफुले नेइमार र म्यानेजर पेप गुआर्डीओलालाई फेरी बार्सिलोनामा देख्न चाहेको बताएका छन्।

एक अन्तर्वार्ताको क्रममा मेसीले नेइमार बार्सिलोना आउने विषय कठिन भएपनि आफुले उनलाई फेरी बार्सिलोनामा देख्न चाहेको बताएका छन्। नेइमार २०१७ अगस्टमा २५३ मिलियन अमेरिकी डलरमा फ्रेन्च क्लब पिएसजी गएका थिए। मेसीले नेइमारलाई पिएसजीले छोड्ने नसक्ने समेत बताए। चार सिजन बार्सिलोनामा बिताएका नेइमारले दुई ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए। 

पटक पटक पिएसजीमा नेइमार खुशी नभएको र पिएसजी छोड्ने हल्लाका बीच मेसीको यो भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ। मेसीले आफुहरु असल साथी भएको र उत्कृष्ट समय साथमा बिताएको उल्लेख गर्दै नेइमार बार्सिलोना आउने विषय अलि कठिन भएको बताए। मेसीले आफुलाई पिएसजीले नेइमारलाई नछोड्ने लागेको बताए। 

त्यस्तै मेसीले बार्सिलोनाका पुर्व म्यानेजर गुआर्डीओलासँग बार्सिलोनामा पुनर्मिलन हुनसक्ने आशा व्यक्त गरे। मेसीले हाल म्यानचेस्टर सिटीका म्यानेजर रहेका गुआर्डीओलासँग फेरी काम गर्न इच्छुक रहेको बताए। मेसीले यो कठिन भए पनि असम्भव नभएको बताउदै गुआर्डीओला अहिले पनि विश्वको उत्कृष्ट म्यानेजर भएकोले आफु उनीसँग खेल्न चाहेको बताए।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै