• २०८१ जेठ ४ शुक्रबार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको दर्ता खुल्यो, यस्तो छ भिडियो पठाउने तरिका  

kharibot

काठमाडौँ। ‘हामी उठ्ने छौं ‘(वि विल राइज फाउन्डेसन ) भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने गरी ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको दर्ता आजदेखि खुला भएको । आजदेखि खुला भएको दर्ता आगामी अप्रिल ३० सम्म खुला रहने छ । 

पर्यटकिय क्षेत्रको प्रचुर सम्भावना भएर पनि अगाडी आउन नसकेका स्थानहरुलाई प्रमोशन गर्ने उद्देश्यले फाउन्डेसनले नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको घोषणा गरेको हो । 

नेपालमा रहेका चर्चित पर्यटकीय स्थलका साथै ओझेलमा परेका स्थान, संस्कृति र अन्य पक्षको बारेमा भिडियो बनाएर पठाउन फाउन्डेसनले सबैलाई आग्रह गरेको गरेको छ । भिडियो च्यालेन्ज बारे जानकारी दिदै फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठले भिडियो च्यालेन्जमा सहभागि हुने भिडियो भने पर्यटकिय सम्भावना बोकेको र ओझेलमा परेको नेपालकै क्षेत्र हुनुपर्ने बताएका छन्। उनले चर्चित पर्यटकीय क्षेत्रका पनि अहिलेसम्म बाहिर नआएका पक्षलाई समेटर भिडियो बनाउन समेत सकिने बताएका छन्। आफ्नो ठाउको लागि यो भिडियो सम्पत्ति समेत हुने भन्दै यसले ओझेलमा परेका स्थान, संस्कृति र समाजका अन्य पक्षलाई बाहिर ल्याउने निर्देशक श्रेष्ठले जानकारी दिए।

भिडियोको समय अधिकतम ५ मिनेट राखिएको छ भने उत्कृष्ट भिडियोका लागि एक लाख, त्यस्तै दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ। साथै पब्लिक च्वाइस अवार्डमा उत्कृष्ट हुने एक भिडियोले एक लाख पुरस्कार पाउने छ भने उत्कृष्ट सम्पादन र उत्कृष्ट लेखनले समेत २५–२५ हजार रुपैंया नगद पुरस्कार पाउने फाउन्डेसनले जानकारी दिएको छ।

 भिडियो च्यालेन्जको जुरीमा चलचित्रको क्षेत्रमा उल्लेख्य योगदान गरेका ब्यक्तिहरु र पर्यटकिय क्षेत्रमा काम गरेका अनुभवी ब्यक्तिहरु रहेका छन्। जसमा डकुमेन्ट्रि निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्टि मेकर मोहन मैनाली, नेपाल पर्यटन बोर्डका सिईओ दिपकराज जोशी, सिनियर साउण्ड एक्सपर्ट प्रदिप उपाध्याय र नेपाली चलचित्रकी निर्देशक संझना उप्रेती रौनियार रहेका छन्  ।  

भिडियो च्यालेन्ज सम्बन्धि विस्तृत जानकारी फाउन्डेसनको वेवसाईट www.wwrf.org.np मा राखिएको छ  । भिडियो बनाउनु पुर्व यस वेव साइटमा उपलब्ध फारम भरेर पठाउनु पर्ने  र आयोजकसँग यस प्रतियोगिताको नियम र न्युनतम गाइडलाइन्स बारे प्रष्ट भएपछि भिडियो बनाउन सुरु गर्न सकिने आयोजक वि विल राइज फाउन्डेसनले जानकारी दिएको छ ।

आयोजक फाउन्डेसनले यस विषयमा जानकारी दिन सातै प्रदेशका प्रमुख शहरहरुमा कार्यक्रम गर्ने तयारी गरिरहेको छ । खरीबोट डट कम ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको डिजिटल मिडिया पार्टनर रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै