• २०८१ बैशाख २० बिहीबार

बेलायतको वेल्समा ‘हाइक फर नेपाल’ हुदै

kharibot

काठमाडौँ । वि विल राइज फाउन्डेशनको पहलमा शुरु भएको 'हाइक फर नेपाल' कार्यक्रमलाई पोखरेली मञ्च युकेले तेस्रो पटक बेलायतको वेल्समा आयोजना गर्ने भएका छन् ।

विगतमा झै यस वर्ष पनि ब्रेकन, बेल्समा अगस्ट २ देखि ४ सम्म ‘हाइक फर नेपाल’ नामक हाइकिङ आयोजना गरिएको कार्यक्रमका मुख्य संयोजक मेजर खुशीमान गुरुङ ‘एमभिओ’ले जानकारी दिएका छन् ।

यस हाइकिङले बेलायतमा रहेका नेपालीहरुलाई नेपालबारे जानकारी दिने र भ्रमण बर्ष २०२० का लागि सहयोगी भूमिका खेल्ने आयोजकको अपेक्षा छ । साथै, बेलायत भरी छरिएर रहेका नेपालीहरुलाई नेपालका बारेमा जानकारी दिन समेत यस कार्यक्रमले वातावरणको सिर्जना गर्ने बताइएको छ ।

यो वर्ष वेल्समा हुने कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ अभियानलाई टेवा पुर्याउने आशा रहेको फाउन्डेसनका अध्यक्ष तुलसी गुरुङले बताएका छन् ।

‘नेपालको पर्यटन प्रवर्द्धन निम्ति यहाँ बसोबास गरिरहेका धेरै नेपालीले आफ्नो यथाशक्य समय दिनुभएको छ,’ फाउन्डर गुरुङले भने, ‘नेपाल चिनाउन र पर्यटक बोलाउन हामी निरन्तर पहल गरिरहने छौं ।’

वेल्सका सर्भेयर जर्ज एभरेष्टले सन् १८५७ मा सगरमाथाको सर्भे गरेको र पछि सगरमाथाको नाम नै उनको नामबाट एभरेष्ट नामाकरण गरिएकोले उनको सम्मानमा यस  बर्षपनि हाइकिङ वेल्समा गर्न लागिएको वि विल राइज फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठले जानकारी दिए ।

निर्देशक श्रेष्ठले विदेशमा रहेका नेपालीहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न यस्तो कार्यक्रम सहयोगी हुने भन्दै हङकङ र बेलायत बाहेक अन्य देशहरुमा पनि यस्तो कार्यक्रम गर्न संघ संस्थाले पहल गर्न अपिल गरेका छन् ।

२०१८ मा भएको बेलायतमा भएको 'हाइक फर नेपाल' का सहभागी  ।


            

वि विल राइजले महाभूकम्पपछि नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्धेश्यले ‘नेपालका लागि संगसंगै पाईला चालौं' भन्ने नाराका साथ 'हाइक फर नेपाल' कार्यक्रम पहिलो पटक हङकङबाट सन् २०१६ मा गरेको थियो । त्यसपछि लगातार तीन पटक सम्पन्न भइसकेको छ ।

सोहि कार्यक्रमको निरन्तरता सहित बेलायतमा पनि स्थानीय पोखरेली मन्च युकेको आयोजनामा पछिल्लो दुई बर्ष 'हाइक फर नेपाल' आयोजना गरिएको थियो ।     

हाइक फर नेपालमा यस अघि अभिनेत्री तथा सगरमाथा आरोही निशा अधिकारी, गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थानेश्वर गुरागाई, खेल पत्रकार संजिव शिल्पकार सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पा, अभिनेत्री छुल्ठिम गुरुङलगायत सहभागी भएका थिए ।

त्यस्तै गत बर्षको कार्यक्रममा ब्रेकनका सभासद क्रिस डेभिस, पोइज काउन्टी काउन्सिलका अध्यक्ष डेभिड मेराडिथ, ब्रेकन टाउन काउन्सिलका मेयर मेनी टेलर, उपमेयर एन म्याथिस, टलग्रेथ टाउन काउन्सिलका मेयर विलियम पवेल र यसै क्षेत्रका पूर्व मेयर लगायत

बेलायतीहरुको समेत कार्यक्रममा बाक्लो उपस्थिती रहेको थियो भने यस बर्षपनि उनीहरुको सहभागिता हुने भएको छ ।

  

२०१८ मा भएको बेलायतमा भएको 'हाइक फर नेपाल' मा बेलायतका राजदुत दुर्गा बहादुर सुबेदीलगायतका सहभागीहरु  ।


यस कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली र लन्डनस्थित नेपाली दूतावास, सहारा युके, ब्रेकन नेप्लिज सोसाइटी र हङकङ नेपाली मन्च, युकेलगायतको पनि सहयोग रहेको छ ।

हाइकिङमा जान इच्छुकले मुख्य संयोजक मेजर खुशीमान गुरुङ (एमभिओ) र पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङसँग सम्पर्क राख्न सकिने नकारी गराइएको छ । अघिल्लो वर्ष ५१ हजार बेलायती पर्यटक नेपाल पुगेको जनाउदै दूतावासले २०२० मा यो संख्या एकलाख पुर्याउने लक्ष्य रहेको बताएका छन् ।

 

२०१८ मा भएको बेलायतमा भएको 'हाइक फर नेपाल' को भिडियो :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै