• २०८१ बैशाख १७ सोमबार

झापामा एकल पुरुषलाई पनि मासिक भत्ता

kharibot

भद्रपुर / झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताए । 

“एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ”, उनले भने , “असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भत्ता दिन थालेका हौँ ।” गाउँपालिकाले गत वर्ष ४८ एकल पुरुषलाई मासिक रु ५०० का दरले भत्ता प्रदान गरेकोे थियो । 

त्यसैगरी उक्त गाउँपालिकाले ८४ वर्षमाथिका ११८ वृद्धवृद्धालाई सरकारले प्रदान गर्दैै आएको सामाजिक सुरक्षा भत्तामा मासिक रु ५०० थपेर प्रदान गर्दै आएको पनि अधिकृत दङ्गालले बताए । 

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने झापा गाउँपालिका सम्भवतः प्रदेश नं १ को पहिलो स्थानीय तह हुनसक्ने उनको जिकिर थियो । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै