• २०८१ बैशाख १५ शनिबार

साताको सेयर : नेप्से सुचक ११ सय ७८ बिन्दुमा, एक अर्ब ६१ करोडको किनबेच

kharibot

काठमाडौ । यो साता नेप्से ११ सय ७८ दसमलव ८७ बिन्दुमा पुगेर रोकिएको छ । साताको सुरुवाती कारोवार दिन १० दसमलव ६२ अंकले ओरालो लागेर १२ सय चार दसमलव ५४ बिन्दुमा झरेको नेप्से लगातार चार दिन सम्म घटेको थियो । सो पश्चात पाँचौं दिन पनि बजार परिसुचक एक दसमलव ५६ अंकले घटेपछि नेप्से उक्त बिन्दुमा पुगेर रोकिएको हो ।  

यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ५० दसमलव छ बिन्दुमा पुगेर रोकिएको छ । साताको सुरुवाती कारोवार दिनदेखि नै घट्न थालेको सेन्सिटिभ इन्डेक्स अन्तिम दिन पनि शुन्य दसमलव ४८ अंकले घटेपछि उक्त बिन्दुमा पुगेर रोकिएको हो ।

यो साता नेप्सेको नियमित कारोवार कक्ष साताको पाँच दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो दिन लगातार सेयर बजार परिसुचक ओरालो लागेको थियो भने पाँचौ दिन भने बजार खुलेको पहिलो केही घण्टा नेप्से बढेको भएपनि अन्तिम समयमा आएर बजार ओरालो लागेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि साताको सुरुवाती कारोवार दिनदेखि पाँचौ दिनसम्म लगातार घटेको थियो ।  

यो साता झण्डै एक सय ६७ कम्पनीहरुको कारोवार भएका थिए । जसअनुसार २१ हजार तीन सय ६२ पटकको कारोवारमा ४६ लाख ५४ हजार एक सय ३० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ६१ करोड ७७ लाख तीन हजार छ सय ६८ रुपैयाँ पुगेको छ ।  

यो साता पहिलो कारोवार दिन १० दसमलव ६२ अंकले घटेको नेप्से १२ सय चार दसमलव ५४ अंकमा पुगेर रोकिएको थियो भने सेन्सिटिभ दुई दसमलव ६६ अंकले घटेर दुई सय ५६ अंकमा पुगेर रोकिएको थियो । यसैगरी दोस्रो दिन नेप्से परिसुचक १७ दसमलव २६ अंकले घटेर ११ सय ८७ दसमलव २८ अंकमा पुगेर रोकिएको थियो भने सेन्सिटिभ तीन दसमलव ८४ अंकले घटेर दुई सय ५२ दसमलव १७ अंकमा पुगेर रोकिएको थियो ।

तेस्रो दिन भने नेप्से परिसुचक एक दसमलव ३६ अंकले घटेर ११ सय ८५ दसमलव ९१ अंकमा पुगेर रोकिदा सेन्सिटिभ शुन्य दसमलव ३३ अंकले घटेर दुई सय ५१ दसमलव ८३ अंकमा पुगेर रोकिएको थियो । चौथो दिन भने नेप्से परिसुचक पाँच दसमलव ४२ अंकले घटेर ११ सय ८० दसमलव ४३ अंकमा पुगेर रोकिदा सेन्सिटिभ एक दसमलव २८ अंकले घटेर दुई सय ५० दसमलव ५३ अंकमा पुगेर रोकिएको थियो ।

यो साता पनि बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बैंक, एनएमबी बैक, प्रभु बैक, एनआईसी एशिया बैंक आदि परेकाछन । बजार पुजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैंक लगायतका कम्पनीहरु अगाडि देखिएकाछन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै